२ पुस २०८२, बुधबार | December 17, 2025

एमालेको लुम्बिनी प्रदेश अधिवेशन ८ माघमा नेपालगन्जमा हुने



बुटवल । नेकपा (एमाले)ले लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी ८ माघमा बाँकेको नेपालगन्जमा आयाेजना गर्ने निर्णय गरेको छ । एमाले लुम्बिनी प्रदेश कमिटीको दाङमा बसेको बैठकले प्रदेश अधिवेशनको मिति तय गरेको हो ।

दाङको बाह्रकुनेमा सम्पन्न छैठौं पूर्ण बैठकले प्रदेश अधिवेशनका लागि १२ वटै जिल्लाले २८ पुसभित्र प्रतिनिधि चयन गर्नुपर्ने निर्णय पनि गरेको छ । एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार २८ पुसभित्र सबै जिल्लाका प्रतिनिधि चयन गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १९९ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरेको छ । बैठकले प्रदेशको नेतृत्वका लागि प्रदेश निर्वाचन क्षेत्रलाई आधार बनाउने निर्णय पनि गरेको छ । जसअनुसार दुईसय पार्टी सदस्य बराबर एक जना प्रतिनिधि, दलितका लागि एक सय पार्टी सदस्य बराबर एक जना प्रतिनिधि, हरेक तीन जना प्रतिनिधिमा एक जना महिला अनिवार्य, विभिन्न जनसंगठन, प्रदेश सल्लाहकार, अपाङ्गता भएका, जिफन्टलगायतबाट पनि प्रतिनिधि हुनेगरी मापदण्ड बनाइएको छ ।

बैठकले प्रदेश अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन तयारीका लागि प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, कँडेलकै संयोजकत्वमा सात सदस्यीय कार्यालय तथा प्रतिनिधि व्यवस्थापन समिति, उपसचिव लिला रानाको संयोजकत्वमा प्रचारप्रसार समिति, उपसचिव दुर्गा थारुको संयोजकत्वमा मन्च व्यवस्थापन र परिचालन समिति, निरक गुरुङको संयोजकत्वमा आवास तथा खाद्य व्यवस्थापन समिति, आरती पौडेलको संयोजकत्वमा अतिथि सत्कार समिति, बाबुराम भट्टराईको संयोजकत्वमा स्वास्थ्य समिति, लक्ष्मण आचार्यको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ ।

१३ पुस देशभर एकैसाथ सम्पन्न हुने जिल्ला अधिवेशनलाई लुम्बिनी प्रदेशमा व्यवस्थित र प्रभावकारी बनाउन ७ पुस बर्दिया, ८ गते गुल्मी, अर्घाखाँची, प्युठान र रोल्पा, ९ पुस रुपन्देही, पाल्पा, बाँके र १० पुस नवलपरासी, कपिलवस्तु र रुकुमपुर्वमा बैठकको आयोजन गर्ने निर्णय पनि एमाले प्रदेश कमिटी बैठकले गरेको छ । जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड भने जिल्ला कमिटीले नै तय गर्नेछ ।

बैठकले जिल्ला अधिवेशनभन्दा अघि टोल कमिटीको भेला र कमिटी निर्माण, मतदाता नामावली अद्यावधिक, पार्टी प्रवेश गर्न चाहनेको अभिलेख तयार गर्न जिल्ला कमिटीलाई सर्कुलर गर्दै अधिवेशन भव्यताका साथ सम्पन्न गर्न निर्देशन दिएको छ ।

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा बसेको बैठकलाई पार्टीका महासचिव शंकर पोखरेल, एमाले सचिव तथा लुम्बिनी इन्चार्ज छविलाल विश्वकर्मालगायतले सम्बाेधन गरेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : १३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल