२३ असार २०८३, मंगलबार | July 7, 2026

मधेशी क्लस्टरका नौ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक, विनोद चौधरी र चन्द्रमोहन विजयी



काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टर तर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ ।

मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसका विधानमा छ । अन्तिम मत परिणाम अनुसार अजय चौरसिया दुई हजार ५२२ ,विनोद चौधरी दुई हजार २०६ ,चन्द्रमोहन यादव दुई हजार १३८ ,महेन्द्रकुमार राय एक हजार ९८४ र दिनेशकुमार यादवले एक हजार ९५९ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

नव निर्वाचित केन्द्रीय सदस्य चौधरी प्रसिद्ध उद्योगपति हुन् । चन्द्रमोहन भने पूर्वराष्ट्रपति डा.रामवरण यादवका छोरा हुन् ।

 

मधेशी महिलातर्फ चार केन्द्रीय सदस्य निर्वाचित

मधेशी महिलातर्फ मुक्ताकुमारी यादव तीन हजार ९६९, मिनाक्षी झा तीन हजार १२, मञ्जुकुमारी यादव दुई हजार ८८३ र नागिना यादव दुई हजार ८४६ मत ल्याएर विजयी भएको समितिले जनाएको छ ।

गत मङ्सिर २७ गते पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको ७२ जनाको मत परिणाम सार्वजनिक भएको छ । समावेशीतर्फका बाँकी ६२ केन्द्रीय सदस्यको मत परिणाम पनि बुधबारसम्म सार्वजनिक गर्ने गरी मत गणना भइरहेको सचिव श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ४ : १८ बजे

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको