२ पुस २०८२, बुधबार | December 17, 2025

महिलासँग दुर्व्यवहार गर्ने धामी र पूजारी पक्राउ



कर्णाली । सुर्खेतमा महिलासँग दुर्व्यवहार गर्ने धामी र पूजारीलाई पक्राउ गरिएको छ ।

महिलालाई दुर्व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वीरेन्द्रनगर ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका-८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन् ।

लेकबेँसी नगरपालिका-४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।

पक्राउ परेका तीन जनामाथि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकिएको उनले बताए । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ती महिला यही पुस ४ गते आफ्नो कुलदेवताको पूजाका लागि माइती आएकी थिइन् । उनीमाथि धामी र पूजारीले दुर्व्यवहार गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ७ : ३० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल