२९ मंसिर २०८२, सोमबार | December 16, 2025

अमेरिकामा ओमिक्रोनको प्रभावः ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराइने



न्युयोर्क । अमेरिकाले ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपमिछ सरकारले सो निर्णय गरेको हो ।

परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने राष्ट्रपति जो बाइडेनले बताएका छन् । तर, तत्काल लकडाउन बारे सरकारले कुनै निर्णय नगरेको उनले बताए । तर, प्रतिबन्धका जुनसुकै उपाय चाल्न सरकार तयार भएको उनले बताए ।

पछिल्लो समयमा बेलायतपछि ओमिक्रोनबाट अमेरिका प्रभावित छ । कोभिड संक्रमण भएका दुई तिहाईमा नयाँ भेरियन्ट देखिएको विज्ञहरुले बताएका छन् । ओमिक्रोनका बिरामी सबैभन्दा बढी न्युयोर्क र वासिंगटनमा देखिएका छन् ।

छुटेका सबै जनाले कोभिड खोप लगाउन राष्ट्रपतिले आग्रह गरेका छन् । पहुँचका बाबजुद अझै पनि अमेरिकाको ठूलो जनसंख्याले खोप लगाएको छैन् । यसअघि विश्व स्वास्थ्य संगठनले बिदाका योजना रद्द गर्न सरकारहरुलाई आग्रह गरेको थियो । एजेन्सी

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : २५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको