२५ श्रावण २०८३, सोमबार | August 10, 2026

सिँचाईको बिजुली निःशुल्क गर्ने सरकारको योजना



काठमाडौं । सरकारले विद्युत व्यापार कम्पनी खडा गर्ने भएको छ ।

उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनगरी बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले विद्युत व्यापार कम्पनी खडा गरेको जानकारी दिएकी हुन् ।

भुसालले नेपाल विद्युत प्राधिकरणको सबैभन्दा धेरै शेयर भएको र अन्य विद्युत उत्पादन कम्पनी र विद्युत विकास लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडिसीएल)सँग वित्तीय कारोवार गर्ने समेतको शेयरबाट लाइसेन्स लिएको बताइन ।मन्त्री भुसालले निजी क्षेत्रले पनि यसमा चासो दिएकाले त्यसअनुसारको नै कार्यविधि बनाइरहेको बताइन । उनले अब विद्युत व्यापार लाइसेन्स जलविद्युतको लाइसेन्स जस्तो नहुने पनि स्पष्ट पारिन ।

मन्त्री भुसालले नेपालमा कुलेखानीबाहेक जलासाययुक्त जलविद्युत नभएकोले प्रदेश २ बाहेक अन्य प्रदेशमा जलाशययुक्त जलविद्युत आयोजना बनाउने बताइन । त्यसका लागि प्रदेश १ को दुधकोशी, गण्डकीको बुढीगण्डकी, लुम्बिनीको नौमुरे, कर्णालीको नलघाट, सुदूरपश्चिमको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना बनाउने र अध्ययनको अन्तिम चरणमा रहेको उनले जानकारी दिइन ।

मन्त्री भुसालले सिँचाईको बिजुली निःशुल्क गर्ने योजना बनाएको पनि बताइन । उनले मन्त्रालयले सिँचाईको बिजुली निःशुल्क गर्ने योजना बनाएको जानकारी दिइन ।

मन्त्री भुसालले नेपालमा आफ्नै बहुउद्देश्यीय आयोजनाहरु सम्पन्न हुँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरणसँग समायोजन र सहकार्य गरेर सिँचाईमा खपत हुने बिजुली हामी निःशुल्क दिन सक्ने स्थितीमा मन्त्रालयले योजना अघि सारेको उनले जिकिर गरिन । सिँचाईका लागि नेपालका सबै मानव बस्तीमा निःशुल्क बिजुली दिँदा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास हुने र तराईमा डिजेल, पेट्रोलबाट सञ्चालित हुने मोटरलाई दुरुत्साहित गरेर विद्युतीय साधनको प्रयोग हुने उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर विद्युतको लोड बढेकोले काठमाडौंमा बिजुली गइरहेको जानकारी दिए । घिसिङले लोड धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकोले बिजुली गइरहेको बताए । उनले उपत्यकाको समस्या केही दिनमै हल हुने पनि बताए ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘अहिले देशभर हाम्रो डिमाण्ड गतसालको भन्दा २५ देखि ३० प्रतिशत बढेको छ । इण्डक्शनदेखि लिएर अहिले सबै इक्वीपमेण्टहरु प्रयोग भयो कि जस्तो देखिन्छ । त्यसले गर्दा ३ सय, ४ सय मेगावाट डिमाण्ड बढेको छ ।’

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ६ : ०० बजे

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, पत्रकारिताको मर्यादा कायम राख्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारणसभा सोमबार बुटवलमा

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर

नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको