१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

पधेरा सुकेपछि ठाउँठाउँमा ‘रिचार्ज पोखरी’, खडेरीमा पनि पानी लिन टाँढा जानु परेन



अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ९ अर्घामा रहेको काफलपानी पधेराबाट यस क्षेत्रका करीव ५० परिवारले पिउनेपानी प्रयोग गर्छन । करीव तीन वर्षअघि हिउँदा यो पधेरो सुक्यो । पिउनेपानीको स्रोत नै बन्दभएपछि स्थानीयहरु लामो दुरीमा रहेको अर्को पोखरीबाट पानी ल्याउन बाध्य भए । युवा युवतीहरु कम भएको गाउँमा पानी टाढाबाट बोक्न परेपछि स्थानीयलाई निकै सास्ती भयो ।

तर गतवर्ष ठूलो खडेरी लाग्दापनिपानी नसुकेपछि स्थानीय दंग छन् । स्थानीय युवा व्यवसायी कृष्ण प्रसाद भुसाल र पत्रकार समेत रहनुभएका व्यवसायी हरिप्रसाद भुसालको नेतृत्वमा शुरु भएको दश घर एक पोखरी अभियानले दुई वर्ष अघि नेटाकापोखरामा पोखरी खनेपछि काफलपानी पधेराको पानी नसुकेपछि स्थानीय दंग बनेका छन् । “दुई तिनवर्ष अघि सामान्य खडेरीमा पनि सुक्न थालेको पधेरो यो पोखरी खनिएपछि गतवर्ष ठूलो खडेरीमा पनि सुकेन ।” स्थानीय जिव बहादुर दमाइले भने ।

नेटाकापोखरा मात्र होइन दुई वर्ष अघि शुरु भएको दश घर एक पोखरी अभियानले अर्घाखाँची जिल्लाका तीनदर्जन भन्दा बढी स्थानमा साना ठूला पोखरीहरु निर्माण गरेको थियो । अफुहरुले खनेका पोखरीहरुका कारण धेरै ठाउँमा हिउँदमा पानी नसुकेको अभियन्ता कृष्ण प्रसाद भुसालको भनाई छ । त्यतिवेला विभिन्न व्यक्तिहरुको करीव १ लाख सहयोगमा विभिन्न ठाउँमा पोखरीहरु निर्माण गरिएको थियो । बढ्दो जलवायु परिवर्तन रोक्नको लागि सानो सहयोग भन्नका लागि आफुहरुले अभियान शुरु गरेको भुसालले बताए ।

दुई वर्ष अघि खनेका पोखरीहरुले खडेरीमा समेत मूल मर्न नदिएको देखेपछि हौसिएका अभियन्ताहरुले गएको एकादशीमा देउसी खेल्ने निर्णय गरे । भुसाल दाजुभाईको प्रस्तावमा सहमत जनाउदै लायन्स क्लव अफ अर्घाखाँचीले समेत भैलोलाई साथ दिने निर्णय गर्यो । अनि लायन्स क्लव अफ अर्घाखाँची संगको समन्वयमा दश घर एक पोखरी अभियानले करीव १ लाख रुपियाँ जम्मा गर्न सफल भयो । अहिले यही पैसाबाट पोखरीहरु निर्माण भैरहेका छन् ।

देउसीबाट संकलन भएको पैसा मध्येबाट करीव ५० हजारको लागतमा चारओठा ठूला र एकओटा साना पोखरी निर्माण गरिएको छ भने अन्य स्थानको खोजी भैरहेको अभियन्ता हरिप्रसाद भुसालले बताए । “अग्लो ठाउँमा रहेका र स्थानीय सरकारहरुको ध्यान नपुगेका लोपुन्मुख पोखरीहरु हामीले खनिरहेका छौं ।” भुसालले भने “हामीले खनेका पोखरीहरुका कारण हिउँदमा मुलहरु सर्सिउन भन्ने हाम्रो एकमात्र चाहना हो ।”

 

विकासको क्रममा बाटो, खेल मैदान, अनि संरचनाहरु निर्माण हुँदा धेरै ठाउँमा पोखरीहरु पुरिएको र पोखरीहरु पुरिएकै कारण अर्घाखाँचीमा पानीको समस्या झन बढेको निष्कर्ष सहित भुसाल बन्धुहरुले दशघर एक पोखरी अभियानको कल्पना गरेका थिए । “शुरुशुरुमा त सरकारी पैसा खाने यीनीहरुको मेसो हो भन्ने बुझाई थियो । पैसा नखाई यीनीहरु किन पिरिमा कुद्थे पनि भन्ने गरेका थिए ।” नेपाल हर्ट फउन्डेसनका अध्यक्ष समेत रहेका अभियन्ता कृष्ण भुसालले भने “पछिल्लो समय स्थानीयहरुले पनि कुरा बुझ्नुभएको छ, उत्साहजनक साथ पाएका छौं ।”

स्थानीय जनताबाट सद्भाव र सहयोग प्राप्त भएपनि सरकारी तहबाट कुनै सहयोग नपाएको भुसालले बताए । “ठ्याक्कै हामीलाई नै सहयोग आओस् भन्ने हाम्रो आशय र चाहना हैन, कमसेकम स्थानीय सरकारहरुबाट वडावडामा अभियानकै रुपमा पोखरीहरु निर्माण गरिए हाम्रो सपना पुरा हुन्थ्यो । यसरी स्थानीय सरकारहरु अगाडी बढे हामीले सहयोग गर्नेथियौं ।” भुसालले भने ।

दश घर एक पोखरी अभियानको विषयमा आफुले पनि सुनेको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकले बताए । “उहाँहरुसंग सहकार्यको अवस्था त वनिसकेको छैन तर रिचार्जपोखरी निर्माणमा हामीले शुरुदेखी नै काम गरिरहेका छौं ।” विकले भने । आफुहरु निर्वाचित भएको पहिलो वर्ष नै हरेक वडाहरुमा रिचार्ज पोखरी निर्माणको लागि एक एक लाख विनियोजन गरी काम सम्पन्न गरिएको विकको भनाई छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : १३ बजे

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको

रास्वपालाई सिंहदरबार बदल्न जनताले जिम्मेवारी दिएका छन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफ्नो

व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौं । व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।