४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

पाँच निर्णय गर्दै कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न



काठमाडौं । नेपाली काँग्रेसको नव निर्वाचित केन्द्रीय कार्यसमितिको पहिला बैठक पाँचवटा निर्णय गर्दै सम्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले पाँचवटा महत्वपूर्ण निर्णय गरेको पार्टीका महामन्त्री गगन थापाले बताएका छन् ।

बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै महामन्त्री थापाले बैठकले पाँचवटा निर्णय भएको जानकारी दिए । बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको थापाले जानकारी दिए ।

महामन्त्री थापाका अनुसार पार्टीको महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने, राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने समेत बैठकले निर्णय गरेको छ ।

बैठकले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको थापाले जानकारी दिए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ६ : ३६ बजे

सेना दिवसमा अमेरिकी सेनाको परेडप्रति माओवादीको आपत्ति, सरकारसँग स्पष्ट धारणा माग

काठमाडौं । नेकपा (माओवादी)ले नेपाली सेना दिवसका अवसरमा काठमाडौंको सैनिक

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं ।। आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर

सेतोपाटीमाथि कारबाही गर्न प्रेस काउन्सिललाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं. ३ को निर्वाचन

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक फागुन ८ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी २०८२

ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस

ललितपुर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीनवटा निर्वाचन क्षेत्रबाट