६ असार २०८३, शनिबार | June 20, 2026

कपिलवस्तुले नवलपरासीलाई १० रनले हरायो



भैरहवा । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा कपिलवस्तुले पश्चिम नवलपरासीलाई पराजित गरेको छ । शनिरबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा कपिलवस्तुले नवलपरासीलाई १० रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले निर्धारित ४० ओभरमा ३४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ११३ रन बनायो । उसका लागि करण विकले अविजित २५ र दिलशाद अलीले १२ रन बनाए । बलिङमा कपिलवस्तुका शिवकुमार मौर्य र राज अग्रहरीले समान ३–३ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कपिलवस्तुले ३५.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमै समेटियो । उसका लागि आकाश त्रिपाठीले २७ र शिवकुमार मौर्यले २० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङमा नवलपरासीका जितेन्द्र शाहनी र विजय लोहारले समान ३–३ तथा इकलाख अहम्मद र करण विकले समान २–२ विकेट लिए । करण विक म्यान अफ द म्याच भए । आइतबार बर्दिया र कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ । शनिबारको खेल मौसमका कारण ५० ओभरबाट ४० ओभरमा झारिएको थियो ।

पुस अन्तिम साताबाट हुने प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशस्तरी टीम बनाउनका लागि छनोट खेल भइरहको हो । छनोट खेल पुस २१ ग्तेसम्म चल्नेछ भने ७ जिल्ला सहभागी छन् । प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा खेल भइरहेको हो ।

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : ०५ बजे

उदयपुरमा विद्यालय बस दुर्घटना, एकको मृत्यु

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान

लुम्बिनीमा योगाभ्यास

लुम्बिनी । अन्तरराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा लुम्बिनीमा एक दिवसीय विशेष

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशन प्रतिनिधि चार हजार

मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा

पानीको धारा, मुहान सफा गरेर मनाइयो सिथि नखः पर्व

काठमाडौं । आज ज्येष्ठ शुक्ल षष्ठी हो । यसलाई कुमार