२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

दोस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिताको उपाधि लुम्बिनी प्रादेशिक अस्पताललाइ



बुटवल । दोस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता-२०७८ को उपाधि स्वास्थ्यकर्मी महिलाले जितेका छन् ।

शनिबार बुटवलमो देवीनगरमा सम्पन्न प्रतियोगितामा ११ समूहलाई पछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मी महिलाहरुले उपाधी जितेका हुन् ।

फाइनल खेलमा उसले बुटवल उपमहानगरपालिकाका कर्मचारी महिलालाई पेनाल्टीमार्फत हराएको थियो । विजेताले उपाधिसंगै नगद १० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा कर्मचारी महिलाले दोस्रो स्थान हासिल गरेका छन् । उपविजेता बुटवल उपमहानगर पालिकाका कर्मचारीले उपमहानगरले नगद ५ हजार रुपैया नगद शील्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी महिलाको तर्फबाट मुना दर्लामी र सोही टिमबाटै उत्कृष्ट किपर विपना भण्डारी भए । यस्तै सर्वाधिक गोलकर्ता किसान समूह सैनामैनाबाट सुनिता चौधरी, सर्कोकृष्ट डिफेन्डर बुटवल उपमहानगरकी कर्मचारी महिला कमला विक भइन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, अनुशासित खेलाडीलाई पनि नगदसहित सम्मान प्रतियोगिता संयोजक अमृता अनमोलले जानकारी गराइन ।

महिलाहरुद्वारा सञ्चालित रेडियो मुक्ति बुटवलले महिला शसक्तिकरणका लागि खेल भन्ने नारासहित महिला फुटसल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा एकल महिला, सञ्चारकर्मी, कृषक समूह, स्वास्थ्यकर्मी, व्यवसायी, किशोरी, द्धन्द्ध पीडित लगायत १२ महिला समूहको सहभागिता रहेको थियो । सहभागी टिमलाई रेडियोका अध्यक्ष खेमकुमारी पोखरेल दीपु र खेल संयोजक अमृता अनमोलले पुरस्कार वितरण गरेकी थिइन ।

प्रतियोगिता रेडियो मुक्तिकी अध्यक्ष खेमकुमारी पोख्रेल दिपुको अध्यक्षता, बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यता र स्टेशन म्यानेजर कल्पना तिवारीको सञ्चालनमा भएको थियो । त्यसैगरी प्रतियोगितामा निरज गुरुङले रेफ्रि र दीपक न्यौपानेले खेल सञ्चालक तथा उदघोषकको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : ३८ बजे

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिन्छु : विष्णु पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान