७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

दोस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिताको उपाधि लुम्बिनी प्रादेशिक अस्पताललाइ



बुटवल । दोस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता-२०७८ को उपाधि स्वास्थ्यकर्मी महिलाले जितेका छन् ।

शनिबार बुटवलमो देवीनगरमा सम्पन्न प्रतियोगितामा ११ समूहलाई पछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मी महिलाहरुले उपाधी जितेका हुन् ।

फाइनल खेलमा उसले बुटवल उपमहानगरपालिकाका कर्मचारी महिलालाई पेनाल्टीमार्फत हराएको थियो । विजेताले उपाधिसंगै नगद १० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा कर्मचारी महिलाले दोस्रो स्थान हासिल गरेका छन् । उपविजेता बुटवल उपमहानगर पालिकाका कर्मचारीले उपमहानगरले नगद ५ हजार रुपैया नगद शील्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी महिलाको तर्फबाट मुना दर्लामी र सोही टिमबाटै उत्कृष्ट किपर विपना भण्डारी भए । यस्तै सर्वाधिक गोलकर्ता किसान समूह सैनामैनाबाट सुनिता चौधरी, सर्कोकृष्ट डिफेन्डर बुटवल उपमहानगरकी कर्मचारी महिला कमला विक भइन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, अनुशासित खेलाडीलाई पनि नगदसहित सम्मान प्रतियोगिता संयोजक अमृता अनमोलले जानकारी गराइन ।

महिलाहरुद्वारा सञ्चालित रेडियो मुक्ति बुटवलले महिला शसक्तिकरणका लागि खेल भन्ने नारासहित महिला फुटसल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा एकल महिला, सञ्चारकर्मी, कृषक समूह, स्वास्थ्यकर्मी, व्यवसायी, किशोरी, द्धन्द्ध पीडित लगायत १२ महिला समूहको सहभागिता रहेको थियो । सहभागी टिमलाई रेडियोका अध्यक्ष खेमकुमारी पोखरेल दीपु र खेल संयोजक अमृता अनमोलले पुरस्कार वितरण गरेकी थिइन ।

प्रतियोगिता रेडियो मुक्तिकी अध्यक्ष खेमकुमारी पोख्रेल दिपुको अध्यक्षता, बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यता र स्टेशन म्यानेजर कल्पना तिवारीको सञ्चालनमा भएको थियो । त्यसैगरी प्रतियोगितामा निरज गुरुङले रेफ्रि र दीपक न्यौपानेले खेल सञ्चालक तथा उदघोषकको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : ३८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल