४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

पोखरा केवलकारको सफल परीक्षण, अंग्रेजी नयाँ वर्षदेखि खुला हुने



पोखरा । पोखरामा निर्माण सकिएको अन्नपूर्ण केबलकारको परीक्षण सफल भएको छ । पोखरा १८ सेदीदेखि पर्यटकीय क्षेत्र सराङकोट जाने गरी निर्माण गरिएको केबलकार अंग्रेजी नयाँ वर्षदेखि खुला गर्ने तयारी छ । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा १ वर्ष ढिलो गरी केबलकार निर्माण सकिएको सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।

केबलकारमा जडान भएका गण्डोला (यात्रु बोक्ने डिब्बा) र टावरहरुको परीक्षण गर्न जापानबाट ७ जनाको टोली पोखरा आएको छ । अन्तराष्ट्रिय मापदण्डअनुसार सबै चरण पार गरेपछिमात्र व्यावसायिक रुपमा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । लोड परीक्षण करिव सकिएको कम्पनीले जनाएको छ ।

२.४ किलोमिटर लम्बाइको केबलकारका १८ वटा टावर छन् भने एउटा सामान बोक्नेसहित १८ वटा गण्डोला राखिएको छ । प्रत्येक डब्बाले ८ जना यात्रु ओसार्न सक्छ । केबलकार सञ्चालनमा आउँदा २५ जना भन्दा बढीले रोजगारी पाउने छन् । माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेनसहितको संरचना निर्माण भएको छ ।

केबलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने विश्वास लिइएको छ । केबलकारमा यात्रा गर्दा एकैपटक हिमाल, ताल, हरियो वन र पोखराको मनोरम दृश्य अवलोकन गर्न पाइनेछ । केबलकार निर्माणमा २ अर्बभन्दा बढी खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।

केवलकारमा चढ्दा नेपालीहरुले दोहोरो शुल्क ६ सय रुपैयाँ तिर्नुपर्छ भने स्थानीय, विद्यार्थी तथा जेष्ठ नागरिकलगायतका लागि विशेष छुट दिइने त्रिपाठीले बताए । उनकाअनुसार विदेशीले यही केवलकारमा ७ सय र ८ सय रुपैयाँ भाडा तिर्नुपर्छ । एसियन नागरिकलाई ७ सय र अन्य मुलुककालाई ८ सय रुपैयाँ तोकिएको हो । ४ वर्ष अघिदेखि केबलकार निर्माण सुरु भएको थियो । केबलकारमा युवा व्यवसायी कालु गुरुङसहित नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १० : २८ बजे

सेना दिवसमा अमेरिकी सेनाको परेडप्रति माओवादीको आपत्ति, सरकारसँग स्पष्ट धारणा माग

काठमाडौं । नेकपा (माओवादी)ले नेपाली सेना दिवसका अवसरमा काठमाडौंको सैनिक

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं ।। आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर

सेतोपाटीमाथि कारबाही गर्न प्रेस काउन्सिललाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं. ३ को निर्वाचन

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक फागुन ८ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी २०८२

ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस

ललितपुर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीनवटा निर्वाचन क्षेत्रबाट