८ बैशाख २०८१, शनिबार | April 20, 2024

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ



बागमती । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको १६ लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा भारतको विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत बेदर्वा– ५ बस्ने ३० वर्षीय रङ्गदेश कुशवाहालाई सो रकमसहित हिजो नियन्त्रणमा लिएको थियो ।

स्रोत नखुलेका नगद अवैधरुपमा नेपालतर्फ ल्याउँदै पक्राउ परेका कुशवाहालाई आज सार्वजनिक गरिएको हो । विआर २२ एन ५०१४ भारतीय नम्बरको मोटरसाइकलमा आएको कुशवाहाले हेलमेट तथा पाइन्टको गोजीमा लुकाएको अवस्थामा निजसँग नगद फेला परेको सो कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।

निजको साथबाट प्रहरीले एक हजार दरका एक हजार ३०० थान र ५०० दरका ६०० थान गरी कूल १६ लाख फेला परेको र निजमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । रासस

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ३ : ०६ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस