३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्छ : अनिल झा



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानमा गणतन्त्रको विषय समेटिएको भए पनि जनताले अनुभूति गर्ने गरी संघीयता र समावेशीको एजेन्डा सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

यसका लागि मधेस आन्दोलन भए पनि अहिलेसम्म सम्बोधन नभएको भन्दै उनले संघीयता र समावेशीको एजेन्डाका लागि जीवन दाउमा राखेर माओवादी क्रान्तिमा होमिएको भए पनि अहिले त्यसलाई सम्बोधन गराउन चुकेको आरोप लगाए ।

‘गणतन्त्र, समावेशी, संघीयताका लागि माओवादी क्रान्तिमा होमियो। हामी शान्तिपूर्ण आन्दोलनमा लाग्यौैँ,’ उनले भने, ‘तर, गणतन्त्र संविधानमा समावेश भए पनि संघीयता र समावेशीबारे उठाइएको एजेन्डा अहिलेसम्म सम्बोधन भएन ।’ यी माग सम्बोधन गर्ने गरी माओवादी अधिवेशनले निर्णय लिने उनको अपेक्षा छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ५ : ०४ बजे

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको

भोटेकोशी बाढी : काभ्रेका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता

रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

रूपन्देही । जिल्लामा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९

पूर्वराजा ज्ञानेन्द्र शाहको टिप्पणी : देश अस्तव्यस्त छ, राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश अस्तव्यस्त अवस्थामा रहेको