१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

देशको समृद्धिका लागि अझै दलीय एकता र सहकार्य आवश्यक : माधव नेपाल



काठमाडौं । नेकपा (समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देश र जनताका लागि अझै दलीय एकता र सहकार्य आवश्यक रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विचार र एजेण्डा फरक भए पनि देश र जनताका लागि अझै दलीय एकता आवश्यक रहेको बताएका हुन्

कानुन र विधिको पालना गरेर अघि बढेमा देश समृद्धि हुने भन्दै उनले नेता विधि र कानुनमा बाँधिन नचाहने भएकाले अस्थिरता निम्तिएको आरोप लगाए ।

राष्ट्रियताको सवालमा विमति राख्नुनपर्ने भन्दै उनले कुनै व्यक्ति र वंशको तानाशाही अस्वीकार्य रहेको बताए । व्यक्ति र वंशको तानाशाहीसँग जुधेर लोकतन्त्र ल्याएको भन्दै उनले सबैप्रति सम्मान भाव राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

अत्याचार, असमानता, विभेद अन्त्य गरेर अघि बढ्नुपर्ने भन्दै अध्यक्ष नेपालले जनताको विश्वास जित्न सक्नुपर्ने बताए ।

‘कुराले मात्र जनताको मन जित्न सकिँदैन । काम गरेर देखाउनुपर्छ । यसका लागि दलहरुबीच, नेताहरुबीच छलफल गर्नुपर्छ,’ उनले भने ।

संसदभित्र र संसद बाहिर रहेका दल र बुद्धिजीविहरुबीच छलफल चलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका उनले अन्यथा देशले समृद्धि हासिल गर्न नसक्ने बताए ।

सक्षम जनशक्ति र साधनस्रोत भएमा देशको समृद्धि सम्भव रहेको भन्दै उनले भ्रष्टाचार अन्त्य नगरेसम्म देशको समृद्धि हासिल गर्न गाह्रो हुने बताए ।
देश र जनताको समस्याकाबारेमा नेताहरूको ध्यान जानुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ५ : ५२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम