१ पुस २०८२, मंगलबार | December 17, 2025

माओवादी केन्द्रको बन्दसत्र शुरु, कस्तो बन्ला त नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व ?



काठमाडौं । नेकपा माओबादी केन्द्र आठौ महाधिवेशन अन्तर्गत बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको छ । सोमबार ११ बजेबाट महाधिवेशनको बन्द सत्र शुरु भएको हो ।

बन्दसत्रको प्रारम्भमा नै अध्यक्ष प्रचण्डबाट राजनीतिक प्रतिवेदन हुने कार्यक्रम रहेको छ । बन्दसत्रमा विधानलगायत विभिन्न प्रतिवेदन पेस हुनेछ। माओवादी केन्द्रले महाधिवेशनको बन्दसत्रमा १७ सय प्रतिनिधि सहभागी हुने माओवादी केन्द्रले जनाएको छ।

प्रचण्डबाट प्रस्तुत राजनीतिक लगायत विभिन्न प्रतिवेदन पारित भएपछि बन्दसत्रमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्ने माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताए। ​

महाधिवेशनले अध्यक्ष सहित २९९ जनाबढी सदस्य रहेको नयाँ केन्द्रीय कमिटी चयन गर्ने बताइएको छ । पार्टीको स्थायी कमिटीले पदाधिकारीको संख्या अध्यक्षसहित १५ जना राख्ने निर्णय गरिसकेको छ । माओवादी स्रोतका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्ने अधिकतम प्रयास गर्ने र त्यो सम्भव नभए निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिने छ ।

केन्द्रीय कमिटीका तर्फबाट एउटा प्यानल प्रस्ताव हुन सक्ने स्रोतले बतायो । साविक केन्द्रीय कमिटीबाट प्रस्तावित प्यानलमा चित्त नबुझेका महाधिवेशन प्रतिनिधिहरुले उम्मेदवारी दिने बाटो पनि खुल्ला राखिने स्रोतको दाबी छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १२ : ४० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष