१२ बैशाख २०८१, बुधबार | April 24, 2024

३७ बालिकालाई शान्ति समाजद्वारा रु चार लाख ४४ हजारको छात्रवृत्ति प्रदान



बुटवल । मानव अधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ जना ६ कक्षामा अध्यनरत बालिका प्रत्येकलाई रु. १२ हजारका दरले रु.४ लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरेको छ ।

मोरङ जिल्लाको थलाहामा पुस १३ गते आयोजित कार्यक्रममा कटहरी गाँउपालिका, थलाहास्थित श्री जनता मा.वि का २९ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती मा.वि.का आठ जना गरि ३७ जना बालिकालाई वर्ष २०७८ को छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

‘छोरी पढाऔ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियान अन्तगर्त पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेल यिनै बालिकाहरुलाई रु. १२ हजारका दरले प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने छ ।

मोरङको थलाहास्थित श्री जनता मा.वि.मा २०७८ पुस १३ गते आयोजित छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका सभापति गोविन्द खनालले शान्ति समाजको पाँच वर्षे बालिका छात्रवृत्ति अभियानबारे प्रकाश पार्दै यो अभियानले आर्थिक/सामाजिक रुपमा पछि परेकाहरुको उत्थानमा बल पुग्ने विश्वास व्यक्त गरे ।

शान्ति समाज मोरङ शाखाका सभापति भेषराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामनारायण विश्वास, जनता मा.वि.सञ्चालक समितिका अध्यक्ष बम राई, शान्ति समाजका केन्द्रीय सदस्य सुदीप रिजाल, मोरङ शाखा सचिव अशोक लामा, समाजसेवीहरु रामबाबु दाहाल, राजेन्द्र खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु रामप्रसाद जोशीले २ जना, अनुजा खनालले २ जना, संवत थापाले २ जना, अपूर्वा शर्माले २ जना र उर्मिला पराजुलीले २ जनालाई ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गरेको छ ।

यसैगरी गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, रामकृष्ण बराल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनाल गरी ३२ जनाले पाँच वर्षे छात्रवृत्ति अभियानका लागि ५ वर्षभित्र रु. २२ लाख २० हजार सहयोग गर्नेछन ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : ०० बजे

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न

रुपन्देहीको मोर्डन स्कुलको वार्षिक उत्सव सम्पन्न

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा रहेको रुपन्देही मोर्डन बोडिङ्ग

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा