१० बैशाख २०८३, बिहिबार | April 23, 2026

काठमाडौं उपत्यकासहित देशैभर वर्षा, चिसो झन बढ्यो



काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो ।

दिउँसो पनि मौसम प्रतिकूल हुने आँकलन गरिएको छ । बिहानै वर्षा र हिमपात भएपछि चिसो झनै बढेको छ । दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको आँकलन गरिएको छ ।

बिहीबार भने मौसममा केही सुधार आउने अपेक्षा गरिएको छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

शुक्रबार मुलुकका एक वा दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ७ : ११ बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना