१३ श्रावण २०८३, बुधबार | July 29, 2026

सवारी दुर्घटनामा साईन रेसुङ्गा जितपुर शाखा प्रवन्धक अनुराग पाण्डेको मृत्यु



बुटवल । कपिलवस्तुको बाणगंगामा भएको सडक दुर्घटनामा साईन रेसुङ्गा बैंकका एक शाखा प्रबन्धकको मृत्यु भएको छ । गएराती ९ बजे तिर कपिलवस्तुको बाणगंगा नगरपालिका बुंची स्थित महेन्द्र राजमार्गमा भएको दुर्घटनामा जितपुर ४ नंम्वरमा रहेको साईन रेसुंगा डेभलपमेन्ट बैंकको शाखा प्रवन्धक अनुराग पाण्डेको मृत्यु भएको हो ।दुर्घटनमा अन्य दुईजना गम्भीर घाइते छन् ।

दुर्घटनामा परि गम्भीर घाईते भएका पाण्डेलाई उपचारका लागि अस्पताल पु¥याएको केहीबेरमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पाण्डेलाई उपचारका लागि तिलोत्तमा स्थित क्रिमसन अस्पताल लगिएको थियो । प्रहरीका अनुसार मृतक पाण्डेसंगै कारमा सवार अन्य दुईजना घाइतेको बुटवलमा उपचार भईरहेको छ। घाइते हुनेहरुमा सुदिप खनाल र राजेश शर्मा छन् । उनीहरुको अवस्था पनि गम्भिर रहेको अस्पतालले जनाएको छ ।

मृतक पाण्डे सहित ३ जना सवार बा ६ च ११६४ नम्बरको कारलाई सडकमा सुरुमा ट्रकले ठक्कर दिएको र कार बससगं ठोकीन गएको बताइएको छ । दुर्घटनामा परेको बसमा रहेका ३ जना यात्रु पनि घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ७ : ३२ बजे

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०