४ पुस २०८२, शुक्रबार | December 19, 2025

हिउँ परेपछि कसैलाई फोटो र टिकटक खिच्न भ्याइ-नभ्याई, कसैलाई कष्टकर (फोटो कथा)



सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बु, त्रिपुरासुन्दरीको लब्से, बाह्रबिसेको सोताङ, गोब्रे, ओखरेनी, पाँचपोखरीको उच्च क्षेत्रमा हिमपात सुरु भएसँगै जनजीवन प्रभावित बनेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेर्माथान, आमा याङ्ग्री, तार्केघ्याङ, ठाडेपाटी, मेलम्ची घ्याङलगायत उच्च भूभागमा मंगलबारदेखि बाक्लो हिमपात सुरु भएको हो ।

बिहीबार बिहानैदेखि हल्का वर्षासहित हिमपात सुरु भएसँगै जिल्लाको उच्च भूभागमा जनजीवन प्रभावित बनेको हो । खासगरी हिउँका कारण बालबालिका र जेष्ठ नागरीक, पशुचौपाय मारमा परेका छन् ।

किसानहरू कामका लागि घरबाहिर निस्कन सकेका छैनन् । हिमाली क्षेत्रमा बाक्लो हिमपात परेपछि हिउँ खेल्नेहरुको चहलपहल बढेको छ । काठमाडाैं र नजिकको बजारबाट हिँउ खेल्नेहरू आउन थालेको मुडेमा होटल व्यवसाय सञ्चालन गर्दै आएका विनोद तामाङले बताए ।

यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि हिउँ परेको छ । भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागीडाँडा आसपासमा हिउँ परेको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका माइते तामाङले भने, ‘बाहिर निस्किन सक्ने अवस्था छैन, बच्चा र बुढा आमाबुवालाई निकै गाह्रो भएको छ ।पशुचौपायलाई के खुवाउने कसरी जोगाउने भएको छ । घरको छानादेखि सडक, वनजंगल हिउँले ढाकेर सेताम्यै बनेका छन् ।’

शेर्माथानमा तीनदेखि चार इन्चसम्म हिउँ परेको छ । हिउँ परेपछि कोही फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न आतुर छन् भने कोहीलाई दिन बिताउन कष्ट भएको छ । हिमपात सुरु भएपछि सिन्धुपाल्चोकमा पनि चिसो बढेको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ३ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको