७ आश्विन २०८३, बुधबार | September 23, 2026

मुगुमा हिमपातले सडक र हवाई सेवा अवरुद्ध



मुगु । मुगुमा मंगलबार रातिदेखि परेको हिमपातले जनजीवन प्रभावित पार्नुका साथै सडक र हवाई सेवा अवरुद्ध भएको छ । लगातार परेको बाक्लो हिमपातले सडक र हवाई यातायात अवरुद्ध भएको हो ।

हिमपातले हवाई सेवा अवरुद्ध भएपछि रारा विमानस्थल मुगुदेखि नेपालगञ्जसम्म जाने र नेपालगञ्जदेखि मुगु आउने यात्रुहरु ताल्चा र रारा विमानस्थलका होटलमा भरिभराउ भएका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले बताए ।

मुगु र जुम्लाको सिमानामा पर्ने घुच्ची लेकमा बाक्लो रुपमा हिमपात हुँदा बीच बाटोमै सवारी साधन रोकिएका छन् । रोकायाका अनुसार अहिले लगातार रुपमा हिमपात भइरहेको छ ।

सबैभन्दा बढी मुगुम कार्मारोङ गाँउपालिका, खत्याड र रारा क्षेत्रका साथै रारा विमानस्थलमा बाक्लो हिमपात भइरहेको रोकायाले बताए । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ५ : ११ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई