१ पुस २०८२, मंगलबार | December 16, 2025

एउटै आयोजनाको कम सक्न १३ वर्षः पानी आउने आशमा बसेका उपभोक्ता निराश



बलेवा । साविकको कुश्मीशेरा गाविस (जैमिनी नगरपालिकाको मुकाम)लाई खानेपानी पु¥याउने गरी १२ वर्षअघि सुरु भएको खानेपानी आयोजनाको काम सकिन अझै एक बर्ष लाग्ने भएको छ ।

पहिले बजेट अभाव र पछिल्लो समय मुहानको समस्याका कारण बृहत कुश्मीशेरा खानेपानी आयोजनाको अवधि लम्बिएको हो । आयोजनाअन्र्तगत मुख्य योजनाको ट्याङ्की पाइपलाइन र उपभोक्ताका घर–घरमा धारा निर्माण भइसक्दासमेत मुहानबाट पानी ल्याउन नसकिएको हो ।

बागलुङ नगरपालिका–११ रायडाँडामा रहेको बेतिनी खोलामा रहेको मुहानमा पहिले विवाद र पछिल्लो पटक बाढीले ठूलो क्षति पु¥याएको छ । मुहानमा रहेको समस्याका कारण तत्काल पानी ल्याउन नसकिएको उपभोक्ता समितिका अध्यक्ष रुद्र आचार्यले बताए ।

सङ्घीय सरकारबाट सुरु भएको यो आयोजना सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारले जिम्मेवारी लिएको छ । “पहिले बजेट न्यून हुँदा काम गर्न कठिन थियो, अहिले बजेटको समस्या छैन्, प्रदेशमा आएपछि भइरहेका काम बनेका हुन्”, उहाँले भन्नुभयोे,“अब काम रोकिन्न एक वर्षभित्र उपभोक्ताका धारामा पानी पु¥याउने लक्ष्य छ ।”

एक सय घनमिटर, २० घनमिटर र १५ घन मिटरका ट्याङ्की निर्माण भइसकेका छन् । झण्डै ६ किलोमिटर पाइपलाईनको काम सकिएको भए पनि मुहानबाट पानी चलाउन नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर विक्रम शाहले बताए । “३०० धारा निर्माण भइसकेका छन्, बाँकी दुई सय धारा निर्माण हुन बाँकी छन्”, उनले भने, “पहिले मुहानको पानी ल्याउन सके धारा बनाउन बजेटको समस्या हुन्न, कार्यालय कामका लागि तयार छ ।” उनका अनुसार मुहानमा बाढीले पु¥याएको क्षतिको मर्मतका लागि सुधार विस्तारको काम भइरहेको छ ।

चालू आर्थिक वर्षमा विनियोजन भएको रु ४० लाखको काम सकिएको छ । उपभोक्ताको घर घरमा धारा निर्माणमा बजेट सकिएको अध्यक्ष आचार्यले बताए । सुधार विस्तारको लागि रु २० लाख मात्रै विनियोजित बजेट छ । “बाढीपहिरोका कारण बनेका संरचनामा क्षति धेरै भएको छ, सुधार विस्तारको काम धेरै भएकाले बजेट अपुग हुन्छ”, उहाँले भन्नुभयो, “बजेट थप भएर आउने कुरा छ, सोही अनुसार काम अघि बढ्छ ।”

आयोजना अन्र्तगत साना आयोजना १४ वटा छन् । सबै साना आयोजनामा समेत १२ वर्षअघि निर्माण थालिएका संरचना अधुरै छन् । आयोजना सुरु भएपछि खानेपानीको आशामा रहेका उपभोक्ता भने लामो समय धारामा पानी नआउँदा निराश छन् । “बनेका धारा भत्किने अवस्थामा पुगे पानी आएन, आशामै बिते १२ वर्ष”, उपभोक्ता क्षमकला शर्माले भन्नुभयो ‘पानी नहुँदा बनेको धाराको संरक्षण गर्न पनि सकिएन । रासस

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ५ : २६ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा