१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

माओवादी महाधिवेशन : केन्द्रीय कमिटीको निर्वाचनको तयारी गरिँदै



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेसनबाट नयाँ नेतृत्व चयनको लागि निर्वाचन गर्ने तयारी थालिएको छ । सुरुमा राष्ट्रिय सम्मेलन भनिएपनि सम्मेलन उदघाटनको अघिल्लो दिन महाधिवेशनमा रुपान्तरण गरेको माओवादी केन्द्रले नयाँ नेतृत्व चयनको लागि निर्वाचन समिति गठन गर्दै निर्वाचनको कार्यातालिका सार्वजनिक गर्ने तयारी गरेको हो ।

माओवादीको महाधिवेशनको आज पाँचौ दिनको बन्दसत्रले विधान पारित गर्ने र त्यसपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ । आज निर्वाचन कार्यातालिका सर्वाजनिक गर्ने र शुक्रबार निर्वाचन सम्पन्न गरिने निर्वाचन समितिले तयारी गरेको बताइएको छ ।

माओवादीले अहिले एक जना अध्यक्ष सहित २ सय ९९ जनाको केन्द्रीय समिति बनाउने निर्णय पारित गरिसकेको छ । तर पदाधिकारीको भने केन्द्रीय समितिको बैठकबाट चयन गर्ने माओवादीले तयारी गरेको छ ।

पार्टी भित्र सबै पद सहमतिको प्रकृयाबाट नै टुङ्ग्याउने प्रयास भइरहेको छ । महाधिवेसन भएको ढिलोमा १ महिनाभित्र निर्वाचन आयोगमा कार्यसमितिको नामावली बुझाउनु पर्ने कारण पनि अहिले नेतृत्व चयनलाई छिट्टो गरी टुङ्ग्याउन पर्ने दबाव रहेको छ । मओवादी केन्द्रका एक नेताले बताए ।

प्रतिवेदनमाथि २५ वटा समूह बनाएर छलफल गरिएकोमा बुधबार ११ वटा समूहले आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी समूहले आज प्रस्तुत गरेर सक्ने कार्यक्रम रहेको छ। सबै समूहको प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची छ।

बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदन र स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ११ : ४२ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु