१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

माओवादी महाधिवेशन : बिहीबार कसले के भने ?



काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ ।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको छ भने बुधबारबाट समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ ।

बुधबार ११ वटा समूहले निष्कर्ष सुनाइसकेका छन् भने बाँकी १४ वटाले बिहीबार प्रस्तुत गर्ने कार्य चलिरहेको छ ।

बिहीबार आफ्नो समूहको निष्कर्ष सुनाउँदै कसले के भने ?

जगत सिम्खडा, नेता उपत्यका विशेष प्रदेश समूह

प्रतिवेदनको शीर्षक समयाअनुकुल भएन कि ? परिवर्तन गरेर ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न उपयुक्त हुन्छ भन्ने लाग्छ । हाम्रो छलफलमा प्रचण्ड पथलाई ब्यूँत्याउनु पर्ने सुझाव आएको छ ।

गोपाल शर्मा, नेता समूह १३

हालै सम्पन्न जबस संगठनहरूमा नेतृत्व र पदाधिकारीविहीन बनाएर राजनीतिमा राम्रो सन्देश गएको छैन । महाधिवेशनमा पनि यो स्थिति पैदा हुनुहुँदैन । माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ । पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको भन्ने बाहिर आइरहेको छ । यसलाई पनि ख्याल गरिनुपर्छ । साथसाथै कार्यसम्पादनअनुसार नेताहरूको जिम्मेवारी निर्धारण हुनपर्ने निष्कर्ष हाम्रो समूहको छ ।

प्रचण्डपथमा के गल्ती थियो र छोडियो रु छोड्नु गल्ती थियो भन्ने हो भने संश्लेषण गरेर किन अगाडि नबढाउने रु अब जे आएको छ, यसलाई प्रचण्ड विचारधाराको रुपमा अघि बढाइनुपर्ने उपयुक्त देख्छु । प्रचण्डपथलाई ब्यूँत्याइए पश्चगमन हुन्छ भनेर राजनीतिक प्रतिवेदनमा प्रस्तुत गरिनु आफैंमा विरोधाभासपूर्ण धारणा हो । यसमा संशोधन आवश्यक छ ।

श्रीकृष्ण अधिकारी, नेता सम्पर्क समन्वय विशेष प्रदेश कमिटी

अहिले परिस्थिति बदलिएको छ । अहिले प्रचण्डको दस्तावेज आएको छ। यो अग्रगामी मात्रै छैन अबको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नेगरी आएको छ । अब यसलाई प्रचण्ड विचारधारा भनेर जाउँ । प्रचण्ड विचारधाराको नेतृत्वमा बृहत कम्युनिस्ट एकताको आह्वान गरौँ । यसले मात्र माओवादीलाई पुनर्जीवन दिन्छ ।

अध्यक्षको राजनीतिक प्रतिवेदनले यथास्थितिको निरन्तरतामा क्रमभङ्ग गरेको छ । प्रतिवेदनले बुर्जुवा व्यवस्थाविरुद्ध प्रहार गरेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट मञ्च निर्माणमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ । यो हाम्रो निष्कर्ष हो । र प्रतिवेदनमा त्रिदेशीय रणनीतिक साझेदारीबारे विश्लेषण आवश्यक छ ।

असमान सन्धि पुनरावलोकन गर्ने तथा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा प्रकाशनको स्वामित्व पार्टीले लिनुपर्ने छ । अन्य राजनीतिक दलहरूलाई हेर्ने दृष्टिकोण पनि प्रस्ट पार्न आवश्यक छ ।

साथसाथै प्रचण्डको दस्तावेजमा भारतीय विस्तारवाद, हिन्दु अतिवादले नेपालमा पारेको असर उल्लेख गर्न आवश्यक छ यो हाम्रो जोडदार माग हो ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ३ : ०३ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल