१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी महाधिवेशन : महाधिवेशनबाटै पदाधिकारी चयन गर्न कार्यकर्ताको माग



काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी माओवादी केज्द्रको आठौं महाधिवेशनको बन्दसत्रको समूहगत छलफलमा महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्ने आवाज उठेको छ ।

१३ नम्बर समूहका नेता गोपाल शर्माले छलफलको निष्कर्ष पेश गर्दै पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको सुनिएको, तर त्यसो नगरि महाधिवेशनबाटै पदाधिकारी चयन गरे राम्रो हुने बताए ।

शर्माले जनवर्गीय संगठनहरुमा नेतृत्व र पदाधिकारीविहीन बनाउँदा जनतामा राम्रो सन्देश नगएको बताउँदै भने ( ‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनु हुँदैन ।’ माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको उनको भनाई छ।

शर्माले प्रचण्डपथलाई प्रचण्ड विचारधाराका रुपमा अघि बढाइनुपर्ने सुझाव दिए ।

त्यसैगरि विशेष प्रदेशको समूहका टोली नेता जगत सिम्खडाले प्रचण्डपथलाई ब्यूँताउनुपर्ने मत आफ्नो समूह छलफलमा आएको जानकारी गराए ।

समन्वय विशेष प्रदेश कमिटी नेता श्रीकृष्ण अधिकारी (बिबेक शर्मा)ले भारतीय विस्तारवाद, हिन्दु अतिवादले नेपालमा पारेको असर बारे दस्तावेजमा उल्लेख गर्नुपर्ने माग गरे ।

समूहगत छलफलका निष्कर्षहरु प्रस्तुत भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने र त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समूहगत छलफलमा आएको प्रश्न र जिज्ञासाहरुको जवाफ दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ४ : ४० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष