२९ आश्विन २०८३, बिहिबार | October 16, 2026

माओवादी महाधिवेशन : महाधिवेशनबाटै पदाधिकारी चयन गर्न कार्यकर्ताको माग



काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी माओवादी केज्द्रको आठौं महाधिवेशनको बन्दसत्रको समूहगत छलफलमा महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्ने आवाज उठेको छ ।

१३ नम्बर समूहका नेता गोपाल शर्माले छलफलको निष्कर्ष पेश गर्दै पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको सुनिएको, तर त्यसो नगरि महाधिवेशनबाटै पदाधिकारी चयन गरे राम्रो हुने बताए ।

शर्माले जनवर्गीय संगठनहरुमा नेतृत्व र पदाधिकारीविहीन बनाउँदा जनतामा राम्रो सन्देश नगएको बताउँदै भने ( ‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनु हुँदैन ।’ माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको उनको भनाई छ।

शर्माले प्रचण्डपथलाई प्रचण्ड विचारधाराका रुपमा अघि बढाइनुपर्ने सुझाव दिए ।

त्यसैगरि विशेष प्रदेशको समूहका टोली नेता जगत सिम्खडाले प्रचण्डपथलाई ब्यूँताउनुपर्ने मत आफ्नो समूह छलफलमा आएको जानकारी गराए ।

समन्वय विशेष प्रदेश कमिटी नेता श्रीकृष्ण अधिकारी (बिबेक शर्मा)ले भारतीय विस्तारवाद, हिन्दु अतिवादले नेपालमा पारेको असर बारे दस्तावेजमा उल्लेख गर्नुपर्ने माग गरे ।

समूहगत छलफलका निष्कर्षहरु प्रस्तुत भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने र त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समूहगत छलफलमा आएको प्रश्न र जिज्ञासाहरुको जवाफ दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ४ : ४० बजे

एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

काठमाडौँ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा

घरधनीले तिर्नुपर्ने घरबहाल कर जबरर्जस्ती ब्यवसायीबाट असुली गरिएको गुनासो

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुमाथि अन्याय गरेको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा