२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

इस्टर्न ओपनको प्रो एममा स्थानीय एमेच्योरको वर्चस्व



धरान । सुर्य नेपाल इस्टर्न ओपन अन्तर्गत अन्तिम दिन प्रो एममा धरानका स्थानीय एमेच्योरले वर्चस्व जमाएका छन् ।

त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबका व्यावसायिक गल्फर धनबहादुर थापासहितएमेच्योर पेम्बा शेर्पा तथा स्थानीय धरान गल्फ क्लबका रुपेन्द्र गुरुङ रजितेन्द्र राईले कुल १ सय ५२ स्कोरसहित उपाधि जिते ।

धनबहादुरले ३७ अंकजोड्दा पेम्बाले ४१, रुपेन्द्रले ३७ तथा जितेन्द्रले ३७ अंक जोडे । धरानकैव्यावसायिक गल्फर निरज तामाङ ९३७०, एमेच्योर भिम दाहाल ९३६०, तुलसी सुब्बा ९३६० र राम तामाङ ९३६० ले कुल १ सय ४५ अंकसहित दोस्रो स्थान हासिल गरे ।

तेस्रो स्थानमा स्थानीय प्रो शुक्रबहादुर राई ९३४० संगै भरत तामाङ ९३६०, काजी लिम्बु ९३६० र विनोद राई ९३६० कुल १ सय ४२ अंकसहित रहे । महिलातर्फतारा कार्की चित्रकारले ३५ अंक जोड्दै उपाधि जितिन् ।

लंगेस्ट ड्राइभकोउपाधि संगम केसीले प्राप्त गर्दा क्लोजेस्ट टु द पिन राम तामाङले जिते ।

प्रतियोगितामा १४ व्यावसायिक र ५७ एमेच्योरसहित कुल ७१ खेलाडी सहभागीरहेको थियो । विजेताहरुलाई प्रदेश नम्बर १ का सभामुख प्रदीप कुमार भण्डारी, धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारी सुवेदी, नेपाल प्रहरीका एआईजी हरी पाल, सुर्य नेपालका सहायक ब्राण्ड म्यानेजर नविन सरोज, धरान गल्फ क्लबका अध्यक्ष विरेन्द्र विक्रम लिम्बुले पुरस्कृत गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ७ : २८ बजे

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति

सङ्खुवासभामा मतगणनाका सुरु

सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ

जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय