७ श्रावण २०८३, बिहिबार | July 23, 2026

भारतमा फेरि बढ्यो कोभिड संक्रमित, ९६१ जनामा ओमिक्रोन देखियो



नयाँ दिल्ली । भारतमा देशव्यापी कोभिड संक्रमण बढेको जनाएको छ । २६ डिसेम्बरदेखि देशभर कोभिड संक्रमित बढेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलले जनाएको छ । ‘समग्रमा २२ राज्यमा संक्रमण फैलिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता लुभअग्रवालले भने । उनका अनुसार भारतमा अहिले औषतमा दैनिक १० हजार संक्रमित भेटिएका छन् ।

केरला र महाराष्ट्रमा कोभिडका १० हजार सक्रीय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १३ हजार १५४ जनामा कोभिड संक्रमण देखिएको थियो । ‘पछिल्लो समयमा प्रष्ट रुपमा कोभिड संक्रमित बढेको देखेका छौ । दिल्लीमा दिनहुँ दैनिक संक्रमित दोब्बरले बढेका छन् । महाराष्ट्र, पन्जाब, हरियाणा, झारखन्ड, पश्चिम बंगालमा निरन्तर कोभिड बढिरहेको छ ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ । तर कोभिड संक्रमित बढे पनि मृत्यु भने स्थिर रहेको जनाइएको छ ।

कोभिडको नयाँ संक्रमण ओमिक्रोनका कारण विश्वभर कोभिड संक्रमित बढेका छन् । नोभेम्बरमा दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भारतलगायत ९० देशमा फैलिएको छ । भारतमा ओमिक्रोत संक्रमितको संख्या ९६१ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार महाराष्ट्रमा पछिल्लो एक महिनामा साढे तीन प्रतिशतले संक्रमित बढेका छन् । एजेन्सी

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : ०२ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट