२ पुस २०८२, बुधबार | December 17, 2025

माओवादी महाधिवेशन : भोलि विधान मस्यौदामाथि उठेको जवाफ दिने 



काठमाडौं  । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा शनिबार नेता देव गुरुङले आफूले पेस गरेको विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने भएका छन् ।

शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देव गुरुङले जवाफ दिने नेता कृष्णबहादुर महराले जानकारी दिए ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनलाई पारित गरेको महाधिवेशनले शनिबार गुरुङको विधान मस्यौदालाई पारित गर्नेछ ।

दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार विश्लेषणका लागि बहसको थालनी गरेको निष्कर्ष बताउँदै प्रचण्डले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव महाधिवेशन समक्ष राखेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ६ : ११ बजे

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ