१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

गौरवको आयोजना तिनाउ-दानव कोरिडोर अनिश्चित, स्थानीयको अवरोध जारी



बुटवल । महत्वाकांक्षी परियोजना मानिएको तिनाउ दानव कोरिडोरको काम अनिश्चित बनेको छ । गत वर्षदेखि निर्माण सुरु भएको यो आयोजनाको काम २५ प्रतिशत पनि पूरा नहुँदै अवरोध हुन थालेपछि अनिश्चित बनेको हो ।

यो मुलुकको राष्ट्रिय गौरवको आयोजना हो । यसले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने गरी तिनाउ र दानव नदीको दुवैतर्फ बाइपास सडक बनाउने छ ।

एकातिर स्थानीयको अवरोध र अर्कोतर्फ सडकले जग्गा मिचेको भन्दै नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमटेडले उच्च अदालत तुलसीपुरमा दायर गरेको मुद्दामा अदालतले जारी गरेको अन्तरिम आदेशका कारण आयोजना अगाडि बढ्नेमा अन्यौल भएको हो ।

हाइड्रो एण्ड इलेक्ट्रिक लिमटेडले बुटवल-१३ मा सडकले आफ्नो जग्गा मिचेको भन्दै मुद्दा हालेको थियो । त्यस्तै स्थानीय टेकबहादुर श्रेष्ठले पनि बुटवल-१४ मा आफ्नो जग्गा मिचिएको भन्दै दायर रिटमा पनि अदालतले अन्तरिम आदेश दिएको थियो । दुवै मुद्दाको अन्तिम किनारा नलागेसम्म निर्माणको काम अन्यौलमा पर्ने देखिएको छ ।

पुस ४ गतेदेखि आन्दोलन सुरु गरेका स्थानीयले अहिले पनि आफ्ना कार्यक्रम जारी राखेका छन् । आफूहरुलाई विकल्प दिएर मात्र आयोजना अघि बढाउन माग गर्दै स्थानीयले हरेक दिनजसो प्रदर्शन गरेका थिए ।

स्थानीयले आयोजना अघि बढे आफूहरुको उठीबास हुने भन्दै अवरोध सिर्जना गरेकाले निर्माणको काम अहिले अवरुद्ध छ । तिनाउ र दानव नदी छेउँमा तटबन्धसहितको कोरिडोर निर्माणका लागि गतवर्षदेखि सरकारले काम सुरु गरेको थियो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेको यो आयोजना मुलुककै नमूनाको रुपमा रहेको छ । तिनाउ र दानव कोरिडोर सडक निर्माणले बुटवलदेखि मर्चवारसम्मलाई जोड्ने छ । दुवै नदीमा नगरी करिव ५० किलोमिटर पर्ने आयोजनाका लागि चार अर्व १३ करोडको लागत अनुमान गरी पहिलो चरणमा एक अर्व ३५ करोड रकम छुट्टयाइएको थियो ।

तर स्थानीयले कोरिडोरबाट क्षति हुने घर जग्गाधनीहरुलाई उचित ठाउँमा व्यवस्थापन नगरेसम्म र उचित क्षतिपूर्ति नदिएसम्म आयोजना अघि बढ्न नदिने भन्दै संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् । जसका कारण आयोजना अन्यौलमा परेको हो । संघर्ष समितिका अध्यक्ष आत्मराम रानाले आफूहरुको उचित व्यवस्थापन र क्षतिपूर्ति नदिएसम्म काममा अवरोध गरिने बताए ।

डिभिजन सडक कार्यालय बुटवलका अनुसार अहिलेसम्म बस्ती नभएको क्षेत्रमा करिव २० प्रतिशत काम सकिएको छ । “स्थानीयको अवरोध नहुने हो भने चालु वर्षमै धेरै काम गर्न सकिन्छ, तर अवरोधका कारण आयोजना लम्बिने संकेत देखिएको छ”-डिभिजन प्रमुख जयलाल मरासिनीले भने ।

आयोजना अगाडि बढाउँदा स्थानीयलाई नहटाइने, बस्ती भएको ठाउँमा उनीहरुको व्यवस्थापन गर्ने जानकारी आफूहरुले स्थानीयलाई दिएको तर पनि स्थानीयले अवरोध जारी राख्दा काममा बाधा पुगेको उनले बताए । “विकासका काममा राजनीति गरेको जस्तो देखिएको छ, यसरी आयोजना अगाडि बढाउन समस्या हुन्छ, विकास निर्माणको अवरोधले स्थानीयलाई नै फाइदा गर्दैन”-उनले भने ।

डिपिआर भैसकेको मध्ये पहिलो चरणमा तिनाउतर्फ आठ र दानव नदीतर्फ तीन किलोमिटर सडक निर्माणको लागि गतवर्ष ठेक्का सम्झौता भएको थियो । नदी किनारमा विकास भैरहेका मानव बस्ती तथा ठूला शहरहरुलाई जोड्ने तथा यातायातको सहज पहुँच वृद्धि गर्ने यो आयोजनाको उद्देश्य छ ।

तिनाउ कोरिडोर अन्तर्गत जिरो प्वाइन्ट (तिनाउ र दानव नदी छुट्टिएको ठाउँ) देखि मगरघाटसम्मको नदी किनारको दुवैतर्फ सडक निर्माण हुनेछ । पहिलो चरणको ठेक्का ३६ महिनामा काम सक्ने गरी किराँतेश्वर मैनाचुली अविसा जेवीले पाएको छ ।

दानव कोरिडोरमा बेलबासको झोलुङ्गे पुलदेखि नयाँ गाउँसम्म सडक निर्माण हुनेछ । २७ महिनामा काम सक्ने गरी यसको १९ करोड ४२ लाख रुपियाँमा लामा बानियाँ जेवीसँग सम्झौता भई काम सुरु भएको छ । २२ मिटर चौडाईको सडक क्षेत्रमध्ये किनारतर्फको १० मिटर ग्रिनरी अर्थात रुखहरु रोपेर हरियाली बनाइने र बाँकीमा १२ मिटर सडक संरचना हुनेछ । सात मिटर कालोपत्रेले समेट्ने छ । सडकको दुवै किनारमा दुई–दुई मिटरको फूटपाथ हुनेछ । आधा आधा मिटरको नाली हुने छ ।

सडक निर्माणका क्रममा ५५६ रुख काट्नुपर्ने, ४५.८४ हेक्टर स्थायी जमिन, ०.४० हेक्टर अस्थायी जमिन, १४७ वटा विद्युत पोल, कृषि कुलो दुईहजार मिटर र मठ मन्दिर १२ वटा प्रभावित हुने डिपिआरमा उल्लेख छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : ०७ बजे

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको