१३ श्रावण २०८३, बुधबार | July 29, 2026

तिनाउ–दानव कोरिडोरपीडित संघर्ष समितिले भन्यो – ‘अब उधारोमा नो भोट’



बुटवल । तीनाउ–दानव कोरिडोरपीडित संघर्ष समितिले मंगलबार बुटवलमा दबाब मुलक विरोध कार्यक्रम गरेको छ । बुटवल पुरानो बसपार्कबाट निकालिएको ¥याली बुटवल उपमहानगरपालिका परिसरमा पुगेर धर्ना सहित कोणसभामा परिणत भएको थियो ।

विरोध कार्यक्रममा सहभागीहरुले विस्थापित कोरिडरबासीको घरबार जान लागेको हुँदा आन्दोलन गर्नु परेको बताए । रुपन्देहीकै नमुना विकाससंगै तिनाउको सौन्दर्यीकरण गर्ने भन्दै तिनाउ–दानव कोरिडोरमा घर पर्नेहरुलाई खाली गर्न भनिएपछि उनीहरुले लगातार आन्दोलन गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘उधारोमा’ भन्दै नारा समेत लगाएका थिए । उनीहरुले आफुहरुको घरबारको ब्यवस्थापन नगरी बाटो बनाउन सुरु गर्नु गलत भएको भन्दै दुःखेसो गरे ।

संघर्ष समितिका संयोजक आत्माराम रानाले कोरिडोर निर्माणको क्रममा विस्थापित हुनेहरुलाई ब्यवस्थापन गर्न कार्यदल समेत गठन भएपनि कार्यदलले तदारुकता नदेखाएको बताए । उनले कार्यदलले सिफारिस गरेको स्थानमा संघसंस्थाहरुबाट कब्जा भइसकेको जानकारी आएपछि आफुहरुले आन्दोलन थालेको बताए । बिस्थापितहरुको माग पूरा नभए आफुहरु आन्दोलनमा उत्रने संयोजक रानाले बताए ।

संघर्ष समितिका सल्लाहकार विरेन्द्र बिकले आफुहरुको पक्षमा राजनीतिक दलहरुको साथ नरहेको बताए । विस्थापित १ हजार ६ सय घरधुरीसहित खाली जग्गासमेत गरी २ हजार १ सय घरधुरी रहेको उनले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : ११ बजे

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले