८ बैशाख २०८१, शनिबार | April 20, 2024

माओवादी विधान परिमार्जन, १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति



काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान परिमार्जन भएकोछ ।

काठमाडौंको प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको बन्द सत्रमा नेता देव गुरुङले पेश गरेको विधान परिमार्जनसहित पारित भएको हो ।

पारित विधानअनुसार अब माओवादी केन्द्रमा १५ पदाधिकारीसहित केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

विधानमा पदाधिकारीलाई समावेशी बनाउने जनाइएको छ । यसैगरी केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी बनाइने छ । केन्द्रीय समितिले १५ प्रतिशत सदस्य मनोनित गर्ने व्यवस्था मिलाइएको छ ।
माओवादीले परिमार्जित विधान पारित गरेसँगै अब अध्यक्ष र बाहेकका पदाधिकारी चयन प्रक्रिया अघि बढाउने भएको छ ।

 

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १ : ४७ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन