३ पुस २०८२, बिहिबार | December 18, 2025

वैवाहिक अंगीकृत नागरिकताको सिफारिस वडा कार्यालयबाटै पाउनुपर्ने माग



भैरहवा । विवाह दर्ता र वैवाहिक अंगीकृत नागरिकताको सिफारिस गाउँपालिकाको (वडा कार्यालय) बाटै गर्न माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मायादेवी गाउँपालिका कार्यसमिति, रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ ।

विवाह दर्ता र वैवाहिक अंगीकृत नागरिकताको सिफारिसको लागि अदालत पठाइ नागरिकलाई अनावश्यक दुःख दिने काम भएकोले गाउँपालिकाबाटै विवाह दर्ता गरी नागरिकताको सिफारिस गर्न लोसपाले माग गरेको छ ।

मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीलाई ज्ञापनपत्र बुझाउँदै सम्पूर्ण वडा कार्यालयमा पत्राचार गरी पहिला जस्तै नै सिफारिस गरिदिन माग गरिएको लोसपा मायादेवी गाउँपालिका कार्यसमितिका अध्यक्ष सोभनाथ यादवले बताए ।

लोसपा रुपन्देहीका अध्यक्ष अजय वर्माले गाउँपालिकाले आफूहरुले उठाएको माग ७ दिनभित्र कार्यान्वयन नगरे पार्टीकोतर्फबाट गाउँपालिका कार्यालय घेराउसहित सशक्त आन्दोलन गर्न बाध्य हुने बताए । ‘जिल्लाका अन्य पालिकाबाटै विवाह दर्ता र वैवाहिक अंगीकृत नागरिकताको सिफारिस गरिएको छ, तर मायादेवीमा दुःख दिने काम भएको छ, ’उनले भने ।

ज्ञापनपत्र बुझाउन लोसपा केन्द्रीय कार्यकारिणी सदस्य निलम यादव, लुम्बिनी प्रदेश सदस्य रामु यादव, रुपन्देही जिल्ला अध्यक्ष अजय वर्मा, नेताहरु मोहनलाल यादव, रामअधारे यादव, शैलेन्द्र पाण्डे, सोभनाथ यादव गाउँपालिका कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ६ : २९ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक