१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

माओवादी महाधिवेशन : यस्तो छ समानुपातिक निर्वाचन क्लस्टरको संरचना, सहमति नभए निर्वाचन हुने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को खुला र क्लस्टरतर्फबाट निर्वाचित हुने केन्द्रीय सदस्यको विस्तृत संरचना सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यको विस्तृत संरचनासहितको सूचना सार्वजनिक गरेका हुन् । जसमा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरूको संख्या उल्लेख गरिएको छ । खुलातर्फ १४५ जना निर्वाचित हुने छन् ।

त्यस्तै, समानुपातिकतर्फ १५४ जनाका लागि निर्वाचन हुनेछ । दुईभन्दा बढी निर्वाचित हुने प्रत्येक क्लस्टरमा पुरुष, पुरुष युवा, महिला र महिला युवाका लागि छुट्टा(छुट्टै निर्वाचन हुनेछ ।

माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ ।

यस्तै सहमति हुन नसकेको अवस्थामा निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने माओवादीले तयारी थालेको छ । खुल्ला र समावेशीतर्फका सबै समूहमा पदभन्दा आकांक्षी धेरै भएपछि निर्वाचन समितिले सहमति नभएमा निर्वाचन अघि बढाउने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

शनिबार राति ८ बजेदेखि १०ः३० बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ । निर्वाचन समितिले आइतबार बिहान ११ः३० बजेबाट निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

यस्तो रहने छ क्लस्टर :

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ५६ बजे

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान