७ आश्विन २०८३, बुधबार | September 23, 2026

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ,चार घाइते



सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन्।

सप्तकोसी नगरपालिका-४ तुलसी टोलस्थित कञ्चनपुर फतेपुर भित्री सडक खण्डमा को २२ प १५५८ नम्बरको मोटरसाइकलसँग अर्को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारि दिएका छन् ।

कंचनरुप नगरपालिका-७ का सुभाष बस्नेत र उदयपुरको चौदण्डी गढी नगरपालिका-९ भिमा टोलका २८ वर्षीय शंकर चौधरीको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो ।

दुर्घटनामा बस्नेतकी श्रीमती ३० वर्षीया ममता सापकोटा, उनको छोरा ८ वर्षीय सम्मर बस्नेत, एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएको प्रहरी प्रवक्ता काफ्लेको भनाई रहेको छ।

त्यसैगरी चौधरीको मोटरसाइकलमा सवार सप्तकोसी नगरपालिका-९ का ३५ वर्षीय रोहित चौधरी घाइते भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : २३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई