२२ बैशाख २०८१, शनिबार | May 4, 2024

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ,चार घाइते



सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन्।

सप्तकोसी नगरपालिका-४ तुलसी टोलस्थित कञ्चनपुर फतेपुर भित्री सडक खण्डमा को २२ प १५५८ नम्बरको मोटरसाइकलसँग अर्को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारि दिएका छन् ।

कंचनरुप नगरपालिका-७ का सुभाष बस्नेत र उदयपुरको चौदण्डी गढी नगरपालिका-९ भिमा टोलका २८ वर्षीय शंकर चौधरीको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो ।

दुर्घटनामा बस्नेतकी श्रीमती ३० वर्षीया ममता सापकोटा, उनको छोरा ८ वर्षीय सम्मर बस्नेत, एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएको प्रहरी प्रवक्ता काफ्लेको भनाई रहेको छ।

त्यसैगरी चौधरीको मोटरसाइकलमा सवार सप्तकोसी नगरपालिका-९ का ३५ वर्षीय रोहित चौधरी घाइते भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : २३ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा