७ आश्विन २०८३, बुधबार | September 23, 2026

चराचुरुङ्गीको आकर्षणको केन्द्र बन्दै लुम्बिनी, जाडो छल्न साइबेरियाबाट पनि आउँछन् चरा



बुटवल । लुम्बिनी बौद्धमार्गीको आकर्षणको स्थल मात्र नभई चराचुरुङ्गीको पनि आकर्षणको केन्द्रबिन्दू बन्दै गएको छ । लुम्बिनीको शान्त वातावरण, हरियाली वनस्पती, फूल बगैँचा, नहर र पोखरी आदिले गर्दा लुम्बिनीमा चराचुरुङ्गीको आकर्षण बढेको हो ।

लुम्बिनीमा २९० प्रजातीका चराचुरुङ्गी छन् । कतिपय चरा रैथाने छन् भने कतिपय बसाइँसराई गरेर आउने गरेका छन् । विशेषगरी जाडोयाममा अत्यधिक चिसो हुने स्थान साइबेरिया, मंगोलिया, काजकिस्तान, तुर्कमेनिस्तान, तिब्बतसम्मका चरा लुम्बिनीको न्यायो घाममा जलचर गर्न आउने गरेको पाइएको छ ।

आगन्तुक चरामा मरुन सुनजुरेहास, खडरवर्ड, काली जुरे, मालक आदि रहेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए । लुम्बिनी विकास कोषले गुरुयोजनामा १.३ किलोमिटरलाई केन्द्रीय नहर, सर्कुलर लभीको गोलाकार पोखरी र प्रत्येक बिहार क्षेत्रमा चराको बासस्थान र आकर्षण बढाउन सुन्दर पोखरीको निर्माण गरेको छ ।

लुम्बिनीको अर्को सुन्दर पक्ष यहाँ पाइने दुर्लभ प्रजातीका चरा (क्रेन) पनि रहेको भट्टराईले बताए । यसका लागि गुरुयोजना अनुसार लुम्बिनी एक सय हेक्टर भूमिलाई सारस संरक्षणका लागि सीमसार क्षेत्र बनाइएको छ । जसलाई अमेरिकन क्रेन फाउन्डेशनको सहकार्यमा सारस संरक्षणको प्रयासको थालनी गरिएको छ । लुम्बिनीभित्र र बाहिरी ग्रामीण क्षेत्रमा करिव पाँच सय सारस पाइने गर्छन् ।

बुद्ध र सारसबीचमा दया र करुणा जोडएअनुसार बुद्धका काकाका छोरा देवदत्तले बाणले घाइते बनाएको सारसलाई बुद्धले औषधि गरी जीवित तुल्याएको घटनाले पनि लुम्बिनी सारसको प्रिय स्थल बन्न पुगेको मान्यता छ । लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी क्षेत्रमा सारसपछि स्थानीय चरामा भुडीफोड, गरुड, धोधीफोड, हुटीट्याउँ, भँगेरा, बगेडी, सिलसिले, चिल, कृष्णकांड, निलकण्ठ लगायत सयौं प्रकारका छन् ।

लुम्बिनी क्षेत्रमा न्यानो घाम, तालतलैया र नदी एवं खेतवारीमा टन्न आहार पाइने र नहर पोखरी आदिमा जलबिहारको आनन्द लिने अनुकुल वातावरण भएको हुँदा लुम्बिनी चराहरुको आकर्षणको केन्द्रबिन्दू बन्दै गएको योजना प्रमुख भट्टराईले बताए ।

लुम्बिनी विकास गुरुयोजनाले निर्दिष्ट गरे अनुसार लुम्बिनीमा ६० प्रतिशत भुभाग हरित क्षेत्र, ४० प्रतिशत क्षेत्र नहर पोखरी एवं सुन्दर उद्यान भएको हुँदा लुम्बिनी चराको पवित्र स्थल बन्दै गएको उनको भनाइ छ ।

विश्वबाट कतिपय पर्यटक, चराविद् तथा चराबारे अनुसन्धान गर्नेहरु वर्षेनी सयौंको संख्यामा लुम्बिनी र वरपरका तालतलैया क्षेत्रमा आउने गर्छन् । सारस संरक्षणमा लामो समयदेखि लागेका रवीन्द्रमान श्रेष्ठले लुम्बिनी क्षेत्रमा २५० को संख्यामा सारस रहेको बताउँदै संरक्षणका लागि विभिन्न कार्यक्रम गरिएको बताए ।

केही बर्षअघि लुम्बिनी क्षेत्रको सीमसार क्षेत्रमा बिभिन्न ४१ प्रजातिका जलपंक्षीका ९१० प्रकारका चरा भेटिएका थिए । लुम्बिनी क्षेत्रको जलपंक्षी गणना गर्दा चराको प्रजाति र संख्या खुलेको हो ।

लुम्बिनीसँगै नजिकैको गैडहवा ताल क्षेत्र र अन्य क्षेत्रमा समेत बिभिन्न प्रजातिका चराहरु देख्न सकिन्छ । गैडहवा ताल वरपर १२ प्रजातिका चराहरु गणनाका क्रममा फेला परेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ३३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई