१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

चराचुरुङ्गीको आकर्षणको केन्द्र बन्दै लुम्बिनी, जाडो छल्न साइबेरियाबाट पनि आउँछन् चरा



बुटवल । लुम्बिनी बौद्धमार्गीको आकर्षणको स्थल मात्र नभई चराचुरुङ्गीको पनि आकर्षणको केन्द्रबिन्दू बन्दै गएको छ । लुम्बिनीको शान्त वातावरण, हरियाली वनस्पती, फूल बगैँचा, नहर र पोखरी आदिले गर्दा लुम्बिनीमा चराचुरुङ्गीको आकर्षण बढेको हो ।

लुम्बिनीमा २९० प्रजातीका चराचुरुङ्गी छन् । कतिपय चरा रैथाने छन् भने कतिपय बसाइँसराई गरेर आउने गरेका छन् । विशेषगरी जाडोयाममा अत्यधिक चिसो हुने स्थान साइबेरिया, मंगोलिया, काजकिस्तान, तुर्कमेनिस्तान, तिब्बतसम्मका चरा लुम्बिनीको न्यायो घाममा जलचर गर्न आउने गरेको पाइएको छ ।

आगन्तुक चरामा मरुन सुनजुरेहास, खडरवर्ड, काली जुरे, मालक आदि रहेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए । लुम्बिनी विकास कोषले गुरुयोजनामा १.३ किलोमिटरलाई केन्द्रीय नहर, सर्कुलर लभीको गोलाकार पोखरी र प्रत्येक बिहार क्षेत्रमा चराको बासस्थान र आकर्षण बढाउन सुन्दर पोखरीको निर्माण गरेको छ ।

लुम्बिनीको अर्को सुन्दर पक्ष यहाँ पाइने दुर्लभ प्रजातीका चरा (क्रेन) पनि रहेको भट्टराईले बताए । यसका लागि गुरुयोजना अनुसार लुम्बिनी एक सय हेक्टर भूमिलाई सारस संरक्षणका लागि सीमसार क्षेत्र बनाइएको छ । जसलाई अमेरिकन क्रेन फाउन्डेशनको सहकार्यमा सारस संरक्षणको प्रयासको थालनी गरिएको छ । लुम्बिनीभित्र र बाहिरी ग्रामीण क्षेत्रमा करिव पाँच सय सारस पाइने गर्छन् ।

बुद्ध र सारसबीचमा दया र करुणा जोडएअनुसार बुद्धका काकाका छोरा देवदत्तले बाणले घाइते बनाएको सारसलाई बुद्धले औषधि गरी जीवित तुल्याएको घटनाले पनि लुम्बिनी सारसको प्रिय स्थल बन्न पुगेको मान्यता छ । लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी क्षेत्रमा सारसपछि स्थानीय चरामा भुडीफोड, गरुड, धोधीफोड, हुटीट्याउँ, भँगेरा, बगेडी, सिलसिले, चिल, कृष्णकांड, निलकण्ठ लगायत सयौं प्रकारका छन् ।

लुम्बिनी क्षेत्रमा न्यानो घाम, तालतलैया र नदी एवं खेतवारीमा टन्न आहार पाइने र नहर पोखरी आदिमा जलबिहारको आनन्द लिने अनुकुल वातावरण भएको हुँदा लुम्बिनी चराहरुको आकर्षणको केन्द्रबिन्दू बन्दै गएको योजना प्रमुख भट्टराईले बताए ।

लुम्बिनी विकास गुरुयोजनाले निर्दिष्ट गरे अनुसार लुम्बिनीमा ६० प्रतिशत भुभाग हरित क्षेत्र, ४० प्रतिशत क्षेत्र नहर पोखरी एवं सुन्दर उद्यान भएको हुँदा लुम्बिनी चराको पवित्र स्थल बन्दै गएको उनको भनाइ छ ।

विश्वबाट कतिपय पर्यटक, चराविद् तथा चराबारे अनुसन्धान गर्नेहरु वर्षेनी सयौंको संख्यामा लुम्बिनी र वरपरका तालतलैया क्षेत्रमा आउने गर्छन् । सारस संरक्षणमा लामो समयदेखि लागेका रवीन्द्रमान श्रेष्ठले लुम्बिनी क्षेत्रमा २५० को संख्यामा सारस रहेको बताउँदै संरक्षणका लागि विभिन्न कार्यक्रम गरिएको बताए ।

केही बर्षअघि लुम्बिनी क्षेत्रको सीमसार क्षेत्रमा बिभिन्न ४१ प्रजातिका जलपंक्षीका ९१० प्रकारका चरा भेटिएका थिए । लुम्बिनी क्षेत्रको जलपंक्षी गणना गर्दा चराको प्रजाति र संख्या खुलेको हो ।

लुम्बिनीसँगै नजिकैको गैडहवा ताल क्षेत्र र अन्य क्षेत्रमा समेत बिभिन्न प्रजातिका चराहरु देख्न सकिन्छ । गैडहवा ताल वरपर १२ प्रजातिका चराहरु गणनाका क्रममा फेला परेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ३३ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर