२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

माओवादी अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन, भन्छन् – काँधमा ठूलो जिम्मेवारीको भारी थपियो



काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएका छन् ।

माओवादीको आठौं महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकले प्रचण्डलाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो । प्रचण्ड तीन दशकदेखि माओवादीको अध्यक्ष रहँदै आएका छन् ।

ललितपुरको हेरिटेज गार्डेनमा बसेको बैठकमा प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरियोस भनेर नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका थिए ।

त्यसपछि हललाई सम्बोधन गर्दै बैठकको अध्यक्षता गरेका नेता दीनानाथ शर्माले प्रचण्ड सर्वसम्मतबाट निर्वाचित भएको घोषणा गरेका थिए ।

अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले आफ्नो काँधमा पुनः ठूलो जिम्मेवारीको भारी थपिएको प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रस्तावक, समर्थक र सिंगो केन्द्रीय समितिलाई धन्यवाद दिएका छन् । उनले पार्टीलाई सुदृढ गनुपर्ने र देशलाई दिशानिर्देश गर्नुपर्ने अवस्थामा अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको बताए ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ५ : ३३ बजे

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा