२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पाक प्रधानमन्त्री खानद्वारा पाकिस्तान–चीन व्यापार लगानी मञ्चको उद्घाटन



इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान–चीन व्यापार लगानी मञ्चको उद्घाटन गरेका छन् ।

सोमबार इस्लामावादमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानमा लगानीकर्तालाई पूर्ण रुपमा सुविधा उपलब्ध गराइएको बताए ।

खानले लगानीको प्रक्रियामा रहेका अवरोध हटाउन सरकारले पहल गरिरहेको बताए । उनले मुलुकको विकास औद्योगिक विकास र निर्यात प्रवद्र्धनसँग जोडिएको टिप्पणी गरे ।

प्रधानमन्त्री खानले चीन–पाकिस्तान इकोनोमिक करिडोरको दोस्रो चरणमा कृषि विकासमा पनि केन्द्रित रहेको बताए । खाद्य सुरक्षा र वातावरण संरक्षणका लागि सहरको भर्टिकल विकासमा जोड दिँदै उनले सहरी विकासमा पनि पाकिस्तानले चीनबाट सिक्न सक्ने बताए ।

‘पाकिस्तानले प्रभावकारी र सफलतापूर्वक कोभिड–१९ को सामना गरेको छ, जुन अन्तर्राष्ट्रिय स्तरमा स्वीकार गरिएको छ’, खानले बताए । दी इकोनोमिस्टले पाकिस्तानलाई कोभिड-१९ पछि सामान्य अवस्थामा फर्केको पहिलो देश घोषणा गरेको भन्दै उनले गर्व व्यक्त गरे ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयका अनुसार लगानी बोर्ड पाकिस्तान र अल पाकिस्तान चाइनिज इन्टरप्राइजेजको सहकार्यमा पाक–चीन व्यापार लगानी मञ्च गठन गरिएको हो । यसको उद्देश्य पाकिस्तानमा चिनियाँ कम्पनीहरूको लगानी बढाउने र व्यापारलाई व्यावसायिक औद्योगिक सहयोगको प्रवर्द्धन गर्ने हो ।

फोरममा १८ चिनियाँ र १९ पाकिस्तानी कम्पनी रहेका छन् । फोरमको उद्देश्य पाकिस्तानमा दीगो लगानी र निर्यात उद्योग एवं आधुनिक प्रविधिको विकासलाई बढावा दिनु हो ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : ४१ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र