२२ बैशाख २०८१, शनिबार | May 4, 2024

एमाले रुपन्देहीको बैठक : जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गरिने



बुटवल । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको बैठक सोमबार बुटवलमा सम्पन्न भएको छ । बैठकले यही पुस २३ र २४ गते भैरहवामा हुने पार्टीको जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

अधिवेशनका लागि एकहजार ५३ जना प्रतिनिधि चयन भएको र बाँकी ५३ जना मनोनीत गर्ने निर्णय गर्दै बैठकले सबै क्लष्टर मिलाएर मनोनीत गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।

बैठकमा एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष पुरुषोत्तम घिमिरेले आर्थिक प्रतिवेदन र सचिव जगेश्वरदेवी चौधरीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तीनवटै प्रतिवेदन बैठकले पारित गरेको प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । भैरहवाको गणतान्त्रिक सभाहलमा हुने अधिवेशनलाई व्यवस्थित र प्रभावकारी ढंगले सम्पन्न गर्ने निर्णय बैठकले गरेको चापागाईंले बताए ।

बैठकलाई संबोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज लिला गिरीले पार्टीको आगामी राजनीतिक कार्यदिशा, तीनै तहका निर्वाचनमा पार्टीको रणनीतिलगायत समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।
त्यस्तै एमाले रुपन्देहीका इन्चार्ज भूमिश्वर ढकालले जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिने बताए । पार्टीलाई एकढिक्का बनाइराख्नका लागि सबैलाई समेट्ने गरी सर्वसम्मत नेतृत्व चयन गरिने उनले बताए ।

पार्टीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह– ईन्चार्ज दधिराम न्यौपाने , पोलिट व्युरो सदस्य खिमलाल भट्टराई , केन्द्रीय सदस्य सावित्रा अर्याल, गुमा देवी आचार्य लगायत नेताहरुको आतिथ्यतामा भएको वैठकले अधिवेशनको व्यवस्थापनका लागि एकसय जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ९ : २४ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको