२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

एमाले रुपन्देहीको बैठक : जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गरिने



बुटवल । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको बैठक सोमबार बुटवलमा सम्पन्न भएको छ । बैठकले यही पुस २३ र २४ गते भैरहवामा हुने पार्टीको जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

अधिवेशनका लागि एकहजार ५३ जना प्रतिनिधि चयन भएको र बाँकी ५३ जना मनोनीत गर्ने निर्णय गर्दै बैठकले सबै क्लष्टर मिलाएर मनोनीत गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।

बैठकमा एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष पुरुषोत्तम घिमिरेले आर्थिक प्रतिवेदन र सचिव जगेश्वरदेवी चौधरीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तीनवटै प्रतिवेदन बैठकले पारित गरेको प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । भैरहवाको गणतान्त्रिक सभाहलमा हुने अधिवेशनलाई व्यवस्थित र प्रभावकारी ढंगले सम्पन्न गर्ने निर्णय बैठकले गरेको चापागाईंले बताए ।

बैठकलाई संबोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज लिला गिरीले पार्टीको आगामी राजनीतिक कार्यदिशा, तीनै तहका निर्वाचनमा पार्टीको रणनीतिलगायत समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।
त्यस्तै एमाले रुपन्देहीका इन्चार्ज भूमिश्वर ढकालले जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिने बताए । पार्टीलाई एकढिक्का बनाइराख्नका लागि सबैलाई समेट्ने गरी सर्वसम्मत नेतृत्व चयन गरिने उनले बताए ।

पार्टीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह– ईन्चार्ज दधिराम न्यौपाने , पोलिट व्युरो सदस्य खिमलाल भट्टराई , केन्द्रीय सदस्य सावित्रा अर्याल, गुमा देवी आचार्य लगायत नेताहरुको आतिथ्यतामा भएको वैठकले अधिवेशनको व्यवस्थापनका लागि एकसय जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ९ : २४ बजे

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा