२ पुस २०८२, बुधबार | December 17, 2025

माओवादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय संयोजकले दिए राजीनामा



नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको महाधिवेन सम्पन्न भएसंगै त्यस भित्रका असन्तुष्टीहरु बाहिर आउन थालेका छन् । महाधिवेशनमा बिधानले व्यवस्था गरिएपनि मुस्लिम कोटाको केन्द्रीय सदस्यहरुलाई पूर्णता नदिएको भन्दै माओवादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय संयोजक अतहर हुसेन फारुकीले संयोजक पदबाट राजीनामा दिएका छन् ।

आठौं महाधिवेशनमा पार्टीको केन्द्रिय सदस्य समितिमा मुस्लिम समुदायलाई पार्टीको विधान बमोजिम समावेश नगराइएको मोर्चाको संयोजक फारूकीले राजीनामा दिएका हुन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राजिनामा पठाउँदै पार्टीले मुस्लिम समुदायलाई उपेक्षा गरेको आरोप लगाएका छन् । राजीनामामा विधानले तोकेको सदस्य संख्या अनुसार केन्द्रिय समितिमा सहभागि नगराएको कारण आफु मुस्लिम मुक्ति मोर्चाको संयोजक रहि रहन नसक्ने फारुकीले उल्लेख गरेका छन् ।

पार्टीको नियमानुसार ५ प्रतिशत मुस्लिम समुदायलाई समावेश गराउनु पर्ने बाध्यता रहे पनि २ सय ३६ जनाको समितिमा पूर्व माओवादीबाट हकीकुल्लाह खान र कौसर शाह गरी जम्मा दुई जनालाई मात्र केन्द्रिय समितिमा राखिएको छ । बाँकी ३ जनाको नाम खाली राखिएको छ ।

मोर्चाका संयोजक फारुकी माओवादी केन्द्रमा बाँकेबाट मुस्लिम समुदायबाट राजनीति गरिरहेका नेता हुन् ।

पार्टीको भातृ संगठनको रुपमा रहेको मुस्लिम मुक्ति मोर्चाको केन्द्रिय संयोजकको जिम्मेवारी र खेल्नु पर्ने भूमिकामा आफुबाट स्वयम गल्ती भएको भन्दै संयोजक पदबाट राजीनामा दिएको फारुकिले बताए ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ०२ बजे

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि