११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

चिसो बढेसँगै छालामा संक्रमण बढ्यो, सावधानी अपनाउन चिकित्सकको आग्रह



चितवन । चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।

नवलपुर र चितवनसहित तराईका जिल्लामा पुस १५ पछि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै चितवनसहित तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिराले जनजीवन कष्टकर बन्दै गएको छ । भरतपुर अस्पतालका छालारोग विशेषज्ञ डा प्रशन्न नापेले चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन् ।

जाडो महिनामा विशेषगरी मानव छालामा पानीको मात्रामा कमी हुने, छाला सुक्खा हुनेहुँदा छालासम्बन्धी समस्या देखापर्ने गरेको डा नापेले बताए । ‘छालामा हुने सुक्खापनका कारण सोरायसीस, इथायसीसजस्ता रोग तथा सङ्क्रमणका कारण लुतोजस्ता रोग बढी मात्रामा देखिने गरेको छ’, डा नापेले भने, ‘चिसोबाट हुने एलर्जीका कारण धेरैलाई हातका औँला, नाक तथा कानमा बढी समस्या देखिने गरेको छ ।’ चिसोको कारण एलर्जी देखिनेलाई नापेले चिसोबाट जोगिन सुझाव दिए ।

चिसोको एलर्जी हुने मान्छेले पञ्जा लगाएर काम गर्नुपर्ने डा नापेको सुझाव छ । छालामा सङ्क्रमण देखिएको अवस्थामा उपचार गर्नुपर्ने, आफैँले जथाभावी औषधि प्रयोग गर्नुभन्दा पनि छालारोग विशेषज्ञलाई देखाउनुपर्ने डा नापेको भनाइ छ । चिसोमा छालामा देखिने सोरायसी भन्ने रोग बल्झिन पनि सक्ने भएकाले चिकित्सकलाई देखाएरमात्रै औषधि सेवन गर्न डा नापेले सल्लाह दिए ।

भरतपुर अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ डा शशि हिराचनले जाडोमा शरीरलाई चिल्लो पार्न भन्दै तोरीको तेल लगाउने प्रचलन भएको उल्लेख गर्दै तोरीको तेलभन्दा नरिवलको तेल प्रयोग गर्नु उपयुक्त हुने बताए । जाडोका कारण मानिसको छालामा समेत टिबी रोग लाग्ने भन्दै वरिष्ठ छालारोग विशेषज्ञ डा हिराचनले टिबीका कारण मानिसको सबै अङ्गमा प्रभाव पर्न सक्ने बताए। छालामा देखिने टिबी पुरानो खालको दादजस्तो देखिने भएकाले त्यसको बायोप्सी परीक्षण गर्नुपर्ने डा हिराचनले बताए।

‘छालामा देखिने पुरानो दादजस्तो रोग टिबी हुनसक्छ’, डा हिराचनले भने, ‘त्यो कस्तो प्रकारको रोग हो भनेर बायोप्सी गरेपछि मात्रै थाहा हुन्छ, जथाभावी औषधि सेवन गर्ने र लगाउने गर्दा त्यसले असर गर्नसक्छ ।’ छालामा देखिएको दादजस्तो भागको वरिपरि बिबिरा आएर बढ्दै जाने अवस्थाको रोग छालाको टिबी हुनसक्ने डा हिराचनको भनाइ छ । ‘छालामा पुरानो खालको दादजस्तो छ भने त्यतिकै घर नबसौँ, छालाको टिबी पनि हुनसक्छ’, डा हिराचनले भने, ‘अस्पतालमा गएर छालारोग विशेषज्ञलाई देखाएपछि रोगबारे थाहा हुन्छ, उपचारपछि रोग निको पनि हुन्छ ।’

चिसो मौसममा विभिन्न प्रकारका सरुवा तथा नसर्ने रोगको सङ्क्रमण देखिने गरेको छ । चिसोले गर्दा श्वासप्रश्वाससहित जण्डिस, एलर्जी, नाक बन्द हुनेसहितका दीर्घरोगीसमेत बढ्ने गरेका छन् । पछिल्लो समय विशेषगरी चिसोकै कारण रक्तचापका बिरामी बढेका भरतपुर अस्पतालका अध्यक्ष वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले बताए ।

कोभिडको त्रासका कारण धेरै मानिस घरभित्रै बस्ने, खानपान बढी हुने, नुनिलो र चिल्लो पदार्थ बढी सेवन गर्ने तथा व्यायामका लागि बाहिर ननिस्कने कारण उच्च रक्तचाप र मधुमेहका बिरामी बढ्दै गएका डा अधिकारीले बताए । आफ्नो वातावरणलाई सुधार गर्दै तातो र झोलिलो पदार्थ सेवन बढाएमा चिसोका कारण हुने विभिन्न रोगबाट जोगिन सकिने अधिकारीले बताए । अरू बेलाभन्दा शरीरको प्रतिरोध क्षमता जाडोमा कमजोर हुने र कम घाम लाग्ने भएकाले शरीरका लागि चाहिने भिटामिन ‘डी’ को पनि कमी हुने भएकाले विशेष ध्यान दिनुपर्ने अधिकारीको सुझाव छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : २९ बजे

सुकुम्वासी बस्ती हटाउने निर्णयप्रति एम्नेस्टीको आपत्ति, ‘जबरजस्ती निष्कासन रोक्न’ आग्रह

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले काठमाडौंका अव्यवस्थित बस्तीबाट सयौँ परिवारलाई हटाउने

गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

काठमाडौँ । यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई

सार्क विकास प्रतिवेदनमा साझा सहमति

काठमाडौं । सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन्

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिना बसाईका लागि पोखरा

व्यवसायीमाथि बढ्दो पक्राउप्रति निजी क्षेत्र आक्रोशित, ‘पहिले सुन, अनि मात्र थुन’

काठमाडौं । मुलुकका प्रमुख तीन निजी क्षेत्रका छाता संगठनहरूले पछिल्लो