१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

मन्दिरहरुबाट मुर्ती र धार्मिक सामाग्री चोर्ने व्यक्ति बाँके प्रहरीबाट पक्राउ



नेपालगञ्ज । बाँके प्रहरीले मन्दिरबाट मुर्तीलगायतका विभिन्न सामानहरु चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज र आसपासका मन्दिरहरुबाट मुर्ति र धार्मिक सामाग्री चोरी गर्ने एक जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो ।

नेपालगञ्ज उप–महानगरपालिका–१ स्थित राम जानकी मन्दिरबाट मुर्तीलगायतका विभिन्न सामानहरु चोरी भएको सूचनाका आधारमा खोजी गर्नेक्रममा एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रक्राउ पर्नेमा नेपालगञ्ज उप–महानगरपालिका–१ बस्ने २५ वर्षीय असरफ बागवान रहेका छन् ।

प्रहरीले बागवानका साथबाट भगवानको मुर्ती तीन थान, पाँच थान घण्टी, नाग देवताको मुर्ती दुई थान, तामाको लोटा चार थान, त्रिशुल तीन थान, आरती एक थान, पाला छोप्ने ढक्कन आठ थान, पाला दुई थान, टिका राख्ने भाँडा एक थान, फलामको सिक्रि एक थान, सानो आरी एक थान र रिन्च एक थान बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ६ : ०० बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।