२४ बैशाख २०८१, सोमबार | May 7, 2024

गुण्डागर्दीमा संलग्न दुई पक्राउ



काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालयले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका–३ का २८ वर्षीय दिनेश गोले रहेको प्रहरी जनाएको छ ।

महत बनेपा, धुलिखेल र पनौती क्षेत्रमा सञ्चालित विभिन्न उद्योगी-व्यवसायीलाई गुण्डागर्दी शैलीमा धम्क्याउने, कुटपिट गर्नेलगायत कार्यमा संलग्नता रहेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार गोलेले पनौती बजार क्षेत्रका व्यक्तिलाई धम्क्याउने तथा स्थानीयवासीको दैनिक कार्यमा समेत अवरोध पुर्‍याउने काम गर्दै आइरहेको पाइएकाले पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैलाई ‘मुलुकी अपराध संहिता-२०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य-सुविधा र नैतिकताविरुद्ध’सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी बिहीबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ८ : २४ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,