४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमालेको ६१ जिल्ला अधिवेशन सुरू, अध्यक्ष ओलीद्वारा उद्घाटन



काठमाडौं । एमालेको ६१ जिल्ला अधिवेशन सुरु भएको छ । अध्यक्ष केपी ओलीले भर्चुअल रूपमा जिल्ला अधिवेशन उदघाटनपछि सम्बोधन गरिरहेका छन् । १६ जिल्लामा भने हाललाई अधिवेशन स्थगित गरिएको छ ।

एमालेले आठ वर्षको अन्तरालपछि जिल्ला अधिवेशन गर्न लागेको हो । यतिबेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो। त्यसो हुन नसक्दा नेतृत्व विकासमा जाम परेको अवस्था छ।

एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनका लागि तीनबुँदे मापदण्ड जारी गरेका छन्।

त्यसअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटी सदस्य वा एक कार्यकाल सचिवालय सदस्य भई काम गरेको हुनुपर्ने, सदस्य हुन एक कार्यकाल जिल्ला कमिटी वा त्योभन्दा मुनि एकपटक सदस्य भई काम गरेको हुनुपर्नेछ।

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको