१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

इलाका प्रशासन कार्यालय बुटवलमा एमालेले लगायो ताला, मध्यरातीसम्म कार्यालय खोलेर मतदाता थपेको आरोप



बुटवल । बुटवलको इलाका प्रशासन कार्यालयमा मध्यरातीसम्म कार्यालय खोलेर मतदाता नामावलीका लागि फोटो खिचाउने काम भएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले तालाबन्दी गरिदिएका छन् ।

नेपाली काँग्रेसका कार्यकर्ताहरुले मतदाता नामावलीमा फोटो खिचाउन ल्याएका कार्यकर्ताहरुको कार्यालय समय पछि पनि कर्मचारीहरुले कार्यालय खोलेर फोटो खिचाउने काम जारी राखेको भन्दै एमालेका बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीको नृतृत्वमा गएको एमाले कार्यकर्ताहरुले इलाका प्रशासन कार्यालयमा तालाबन्दी गरेका हुन् ।

शुक्रबार राती १०ः३० बजे सम्म फोटो खिचाउने र नाम दर्ता गर्ने काम जारी रहेको सुचना पाएपछि आएर तालाबन्दी गरेको एमाले नेता पन्थीले बताए ।

एमाले कार्यकर्ताहरुले गेटमा ताला लगाएपनि कार्यालय भित्र कम्प्युटर अपरेटर सहितको दुईजना कर्मचारीले काँग्रेस कार्यकर्ताहरुले लिएर आएका कार्यकर्ताहरुको फोटो खिचाउने र नाम अध्यावधिक गर्ने काम जारी राखेको एमालेले आरोप लगाएको छ । गेटभित्र धेरै काँग्रेस समर्थकहरु फोटो खिचाउन बसिरहेको समेत पन्थीले बताए ।

 

 

तालाबन्दी र मतदाता नामावलीमा फोटो खिचाउने सम्बन्धमा आफुलाई कुनै जानकारी नभएको काँग्रेसका बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले बताए ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : ५७ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७