२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

इलाका प्रशासन कार्यालय बुटवलमा एमालेले लगायो ताला, मध्यरातीसम्म कार्यालय खोलेर मतदाता थपेको आरोप



बुटवल । बुटवलको इलाका प्रशासन कार्यालयमा मध्यरातीसम्म कार्यालय खोलेर मतदाता नामावलीका लागि फोटो खिचाउने काम भएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले तालाबन्दी गरिदिएका छन् ।

नेपाली काँग्रेसका कार्यकर्ताहरुले मतदाता नामावलीमा फोटो खिचाउन ल्याएका कार्यकर्ताहरुको कार्यालय समय पछि पनि कर्मचारीहरुले कार्यालय खोलेर फोटो खिचाउने काम जारी राखेको भन्दै एमालेका बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीको नृतृत्वमा गएको एमाले कार्यकर्ताहरुले इलाका प्रशासन कार्यालयमा तालाबन्दी गरेका हुन् ।

शुक्रबार राती १०ः३० बजे सम्म फोटो खिचाउने र नाम दर्ता गर्ने काम जारी रहेको सुचना पाएपछि आएर तालाबन्दी गरेको एमाले नेता पन्थीले बताए ।

एमाले कार्यकर्ताहरुले गेटमा ताला लगाएपनि कार्यालय भित्र कम्प्युटर अपरेटर सहितको दुईजना कर्मचारीले काँग्रेस कार्यकर्ताहरुले लिएर आएका कार्यकर्ताहरुको फोटो खिचाउने र नाम अध्यावधिक गर्ने काम जारी राखेको एमालेले आरोप लगाएको छ । गेटभित्र धेरै काँग्रेस समर्थकहरु फोटो खिचाउन बसिरहेको समेत पन्थीले बताए ।

 

 

तालाबन्दी र मतदाता नामावलीमा फोटो खिचाउने सम्बन्धमा आफुलाई कुनै जानकारी नभएको काँग्रेसका बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले बताए ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : ५७ बजे

बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको

कांग्रेस महाधिवेशनको मतगणना आज सकिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको

करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन असोज ३१ सम्म बिल प्रविष्ट गर्नुपर्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन