१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

सरकारले तोकेको उखुको समर्थन मुल्य नवलपरासीका किसानलाई अस्विकार्य



बुटवल । सरकारले तोकेको उखुको समर्थन मुल्यमा किसानहरुले असन्तुष्टी जनाएका छन् । मन्त्रिपरिषदको बैठकले गत पुस २१ गते तोकेको उखुको समर्थन मुल्य चलनचल्तीको भन्दा कम भएको भन्दै बिसानहरुले असन्तुष्टी जनाएका हुन् ।

उखु खेती गर्ने किसानहरुले ६५० प्रति क्विन्टलको समर्थन मुल्य कायम गर्न माग गरेपनि सरकारले ५९० रुपैयाँ मात्र तोकपछि किसानहरुले असन्तुष्टी जनाएका हुन् ।

लागत अनुसार मुल्य नतोकिएको भन्दै सरकारले तोकेको मुल्य आफुहरुलाई मान्य नभएको नवलपरासी प्रतापुरका उखु किसान मुक्तिनाथ पाण्डेले बताए । ‘पुरानो भुक्तानि पनि भएन, लागत पनि बढेको छ, मलखाद देखि लिएर अरु धेरै कुराहरु महङ्गिएका छन्,’ उनले भने, ‘सरकारले तोकेको मुल्यले किसानको लागत पनि उठ्दैन ।’ कम्तीमा पनि ६५० मुल्य तोक्नु पाण्डेको भनाई छ ।

कृषि मन्त्रालयले नयाँ समर्थन मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत मन्त्रीपरिषदमा प्रस्ताव पेस गरेको थियो । सरकरले उखुको मूल्य गतवर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढाएर ५९० पु¥याएको थियो ।

किसानहरुले भने ६५० रुपैयाँ भन्दा तलको मुल्यमा बेचेर लागत नउठ्ने बताउँदै आएका छन् । उद्योगीहरुले चिनीको मुल्य वढाएपनि उखुको मुल्य लागत अनुसार नवढाएको उखु कृषक संघ नवलपरासीका अध्यक्ष उमेश यादवको गुनासो छ । ‘कम्तिमा पनि हामीले ६२५ सम्म आस गरेका थियौँ सरकारले ५९० मात्र बढायो,’ यादवले भने,-‘हामीले पहिलाको भुक्तानि पनि पाएका छैनौं ।’

चिनी उद्योगीहरुवाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन अझै बाँकी छ । सरकारले गत वर्ष चिनी उद्योगी र उखु किसान विच एक महिना भित्रमा भुक्तानी दिने सम्झौता गरेको थियो । सम्झौता अनुसार केही उद्योगहरुले सिमित मात्रामा भुक्तानि गरेपनि अधिकाँस किसानले अहिले पनि भुक्तानि पाएका छैनन् । नेपालमा उखु किसानले उद्योगलाई दिएको उखुको उचित मूल्य र समयमा भुक्तानी नपाएको भन्दै बर्षेनी आन्दोलन गर्दै आइरहेका छन् ।

‘किसानलाई यो मूल्य स्वीकार छैन त्यसैले यो वर्ष पनि आन्दोलन सुरु हुने भयो,’ नवलपरसीका पत्रकार देशवन्दु यादवले भने, -‘सरकारको मुल्यले किसानको लागत उठ्दैन ।’

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ९ : ४८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम