१३ श्रावण २०८३, बुधबार | July 29, 2026

कोरोनाले शिर्ष नेताहरुलाई तान्न थाल्यो, प्रचण्डलाई कोरोना भएपछि प्रधानमन्त्री देउवा आइसोलेट



काठमाडौं । कोरोनाको लहरोले दलका उच्च स्तरिय नेताहरुलाई तान्न सुरु गरेको छ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण देखिएपछि त्यसको लहरोले अन्य नेताहरुलाई पनि संक्रमणको घेरामा तानेको छ ।

प्रचण्डसँग सत्तागठबन्धनको बैठकमा बसेका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आजबाट आइसोलेशनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा बसेका हुन् । देउवाको सचिवालयका अनुसार शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको संयुक्त बैठक भएकाले प्रोटोकलअनुसार उनी आइसोलेटको निर्णयमा पुगेका हुन् ।

आइशोलेसनमा बस्ने निर्णयमा पुग्नु अघि प्रधानमन्त्री देउवा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए । देउवालाई पनि संक्रमण पुष्टि भएमा ओली समेत आइसोशनमा बस्नु पर्ने छ ।

केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै देउवा सार्वजनिक कार्यक्रममा निस्कने उनको सचिवालयले जनाएको छ । बालुवाटारमा दुई दिनअघि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्डँगसँगै रहेका थिए । भेटघाट भएको भोलिपल्टै प्रचण्डमा कोरोना पुष्टि भएको हो ।

देउवालगायतका अन्य नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ५ : ३३ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ