काठमाडौं । कोरोनाको लहरोले दलका उच्च स्तरिय नेताहरुलाई तान्न सुरु गरेको छ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण देखिएपछि त्यसको लहरोले अन्य नेताहरुलाई पनि संक्रमणको घेरामा तानेको छ ।
प्रचण्डसँग सत्तागठबन्धनको बैठकमा बसेका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आजबाट आइसोलेशनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा बसेका हुन् । देउवाको सचिवालयका अनुसार शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको संयुक्त बैठक भएकाले प्रोटोकलअनुसार उनी आइसोलेटको निर्णयमा पुगेका हुन् ।
आइशोलेसनमा बस्ने निर्णयमा पुग्नु अघि प्रधानमन्त्री देउवा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए । देउवालाई पनि संक्रमण पुष्टि भएमा ओली समेत आइसोशनमा बस्नु पर्ने छ ।
केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै देउवा सार्वजनिक कार्यक्रममा निस्कने उनको सचिवालयले जनाएको छ । बालुवाटारमा दुई दिनअघि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्डँगसँगै रहेका थिए । भेटघाट भएको भोलिपल्टै प्रचण्डमा कोरोना पुष्टि भएको हो ।
देउवालगायतका अन्य नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
प्रतिक्रिया