१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

बाँके र रुपन्देहीमा आफु निकटलाई सर्वसम्मत अध्यक्ष बनाउने ओली पक्षको प्रयास असफल



बुटवल । नेकपा एमालेको जारी जिल्ला अधिवेशनमा देशैभरी टिका लगाएर नेतृत्व चयन गर्ने अभियानमा जुटेको एमालेको ओली पक्षलाई अधिकांस स्थानहरुमा धक्का लागेको छ । सबै शक्ति लगाएर सर्वसम्मतका नाममा आफ्ना विश्वासपात्रलाई मात्र जिल्ला नेतृत्वमा ल्याउने ओलीको प्रयासलाई चुनौती दिँदै नेताहरुले संस्थापन पक्षीय उम्मेदवारका विरुद्ध उम्मेदवारी दर्ता गराइरहेका छन् ।

बाँके र रुपन्देहीमा सर्वसम्मत ओलीका विश्वासपात्र नेतालाई जिल्ला नेतृत्वमा ल्याउने प्रयासमा धक्का दिँदै दुबै जिल्लामा विपक्षमा उम्मेदवारी दर्ता भएको छ । रुपन्देहीमा बालकोट आदेशमा प्रस्तावित भएका तेजेन्द्र केसीको विपक्षमा वर्तमान उपाध्यक्ष पुरुषेत्तम घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् भने बाँकेमा अध्यक्ष मण्डलले प्रस्ताव गरेका किस्मत कुमार कक्षपतिका विरुद्ध वर्तमान अध्यक्ष निरक गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबारदेखि भैरहवामा सुरु भएको नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा तेजेन्द्र केसी र पुरुषोत्तम घिमिरेले उम्मेदवारी दर्ता भएको छ भने बाँकेको नेपालगन्जमा जारी जिल्ला अधिवेशनमा अध्यक्ष मण्डलले प्रस्ताव गरेका उम्मेदवार कक्षपति विरुद्ध निरक गुरुङको उम्मेदवारी घोषणा भएको छ ।

एमालेको ओली निकटमा नेताहरु सर्वसम्मतका नाममा प्रस्तावित उम्मेदवारका विरुद्ध उम्मेदवारी दिएका नेताहरुलाई उम्मेदवारी फिर्ता गराउन दवाव दिन थालेको एमाले स्रोतहरुले दाबी गरेको छ । बिभिन्न पद र अवसरको आश्वासन दिएर उम्मेदवारी फिर्ताको दवाव दिईएको स्रोतले बतायो ।

उम्मेदवारी फिर्ताको समय अझै बाँकी रहेकाले सर्वसम्मतको प्रयासले सार्थकता पाउनेमा संस्थापन पक्ष आशावादी रहेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ६ : ५४ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की । त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौं । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर